पत्रकारमाथि भएको कुटपिट भएको घटनाको अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाले छानबिन समिति बनाएको छ । गत फागुन १६ गते पत्रकार पदमप्रसाद पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गर्न महानगरपालिका कार्यालय तयार भएको हो ।
प्रशासकीकृत अधिकृत दीपक अधिकारीको संयोजकत्वमा बनेको छानबिन समितिमा घाइतेको तर्फबाट दुईजना सदस्य रहने श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।
अध्यक्ष जैसीका अनुसार छानबिन समिति गठनसँगै महानगरपालिकाले घाइते बनाएका पत्रकार पदमप्रसाद पोखरेलको उपचार खर्च समेत बेहोर्ने भएको छ । “पोखरेलजीको उपचार खर्च महानगरपालिकाले बेहोर्ने निर्णय भएको छ,” जैसीले भने,“ महानगरपालिकाले उहाँको मोबाइल फिर्ता दिइसकेको छ ।”

छानबिन समिति बनेसँगै श्रमजीवी पत्रकार संघको नेतृत्वमा भएको रिले अनशन पनि स्थगित भएको छ । श्रमजीवी पत्रकार संघको नेतृत्वमा पत्रकारहरूले फागुन २९ गतेदेखि रिले अनशन सुरू गरेका थिए । रिले अनशन छैठौँ दिनमा स्थगित भएको हो ।
हेर्नुहोस् निर्णय:-
