सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मिति असार ३१ गते प्रकाशित गरेको सूचना बमोजिम न्यूनतम योग्यता, अनुभव र आवश्यक कागजातहरू पेश गर्ने आवेदकहरूको विवरण सार्वजनिक गरेको हो ।
यी हुन् नेतृत्वका लागि तयार उम्मेदवारहरू
सार्वजनिक विवरण अनुसार विज्ञापन बोर्डको नेतृत्वका लागि १२ जनाले प्रतिस्पर्धा गर्दैछन्
१. अनन्त कान्त मैनाली (चितवन)
२. अनिल बास्कोटा (काठमाडौँ)
३. अशोक कुमार घिमिरे (सुनसरी)
४. पुष्पराज गिरी (सल्यान)
५. बसन्त योगी (दाङ)
६. भुवन प्रसाद आचार्य (पर्वत)
७. मेघेन्द्र प्रकाश गिरी (बर्दिया)
८. मेगराज खड्का (रुकुम पश्चिम)
९. राम हरि कार्की (रौतहट)
१०. लक्ष्मण हुमागार्ईं (काभ्रेपलाञ्चोक)
११. सन्तोष श्रेष्ठ (काठमाडौँ)
१२. सुजन राजा श्रेष्ठ (ललितपुर)
आवेदकहरूमध्ये १० नम्बरमा रहेका हुमागाईँ बोर्डकै पूर्व अध्यक्ष हुन् ।

के छन् योग्यताको मापदण्ड?
बोर्डको अध्यक्ष बन्नका लागि आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट आम सञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।
यसका साथै सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको र ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ ।
आवेदकहरूले आफ्नो शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रका साथै ३,००० देखि ५,००० शब्दसम्मको सिलबन्दी व्यावसायिक कार्ययोजना (Business Action Plan) समेत पेश गरेका छन् ।
अब छनोट समितिले उनीहरूको कार्ययोजना र अधिकतम २० मिनेटको प्रस्तुतीकरणका आधारमा उपयुक्त उम्मेदवारको सिफारिस गर्नेछ ।