सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

  • श्रावण १६, २०८३ शनिबार ०४:००

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न विशेष आह्वान गरेको छ । 

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जारी गरेको विज्ञप्तिमा प्रदर्शन र झडपका क्रममा तीन जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको हो ।

महासंघले नेपालको जातीय र धार्मिक विविधतालाई राष्ट्रिय शक्तिको आधार मान्दै यसलाई कमजोर बनाउने गतिविधि नगर्न सचेत गराएको छ ‍। 

"सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिकले उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्नु अपरिहार्य छ", विज्ञप्तिमा भनिएको छ

महासंघले भ्रम र घृणा फैलाउने कार्यबाट टाढा रहन आग्रह गर्दै विशेष गरी सामाजिक सञ्जालको दुरुपयोगप्रति ध्यानाकर्षण पनि गराएको छ । 

महासंघले सबै पक्षलाई अधिकतम संयमता अपनाउन तथा अफवाह, घृणा, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, उत्तेजनात्मक प्रचारप्रसार र सामाजिक सञ्जालमार्फत प्रसारित भ्रामक तथा अपुष्ट सामग्रीको प्रसारबाट पूर्ण रूपमा टाढा रहन" आग्रह पनि गरेको छ ।

विज्ञप्तिमा सत्य, तथ्य र सन्तुलित सूचना सम्प्रेषणमार्फत सामाजिक सद्भाव, शान्ति र नागरिक विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ । 

महासंघले पत्रकार तथा सञ्चारकर्मीहरूलाई उच्च व्यावसायिक आचरण र आचारसंहिताको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।

यसैगरी, महासंघले घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

सुरक्षा व्यवस्थापनका क्रममा "मानवअधिकारको पूर्ण सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्तलाई कडाइका साथ अवलम्बन गर्न" पनि महासंघले ध्यानाकर्षण गराएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८

गुगलको ‘गल्ती’ ले प्रेस काउन्सिलमा परेको रमाइलो उजुरी

एउटा ठूलो मिडिया हाउसको अध्यक्षले गुगल सर्च गर्दा अर्कै कुनै अनलाइनको अध्यक्षका रुपमा आफ्नो नाम भेट्यो भने उसलाई कस्तो लाग्ला