सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

  • जेठ १९, २०८३ मंगलबार ०५:३४

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८ जनाको नाम स्वीकृत भएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

सूचना तथा सञ्चार मन्त्रालयले २०८३ जेठ ९ गते सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा आवेदन आह्वान गरेको थियो । 

उक्त पदमा भिड्नका लागि दरखास्त दिई योग्यता पुगेका २८ जना उम्मेदवारको नामावली मन्त्रालयले जेठ १८ गते सार्वजनिक गरेको हो । 

नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै छाताभित्र राखेर सरकारले २०८१ कात्तिक २३ गतेदेखि सार्वजनिक सेवा प्रसारण संस्था बनाएको छ ।  

रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाल र सञ्चार सस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएका हुन् ।

 सार्वजनिक हित, सूचना, शिक्षा, संस्कृति र समावेशी सामग्रीलाई प्राथमिकता दिँदै रेडियो नेपाल र नेपाल टेलिभिजन सञ्चालन गर्छ।

यी हुन् अध्यक्ष पदका आकांक्षीहरू

अध्यक्ष बन्ने प्रतिस्पर्धामा पूर्व कर्मचारी, पत्रकारहरू, सञ्चारविज्ञ लगायतका व्यक्तिहरू रहेका छन् । 

स्वीकृत नामावली अनुसार अमरध्वज लामा (काभ्रे), अच्युतम कुमार पोखरेल (सिराहा), पुनम पौडेल (ललितपुर), केदारनाथ कोइराला (भक्तपुर), डा. मधुसुधन न्यौपाने (काठमाडौं) र आलोक कुमार तिवारी (कपिलवस्तु) प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, लक्ष्मण हुमागाई (काभ्रे), पुष्करराज गौतम (काठमाडौं), भुवन प्रसाद आचार्य (पर्वत), उत्तर सिंह विष्ट (कैलाली), मनोहरि थापा (उदयपुर) र सुरेश शर्मा (काठमाडौं) पनि यो दौडमा सामेल छन् । 

सूचीमा चिन्तामणि बराल (गुल्मी), बुद्धि बहादुर केसी (काठमाडौं), नवराज सापकोटा (काठमाडौं), रुद्र बहादुर खड्का (रुकुम पश्चिम), तिलक जंग बुढाथोकी (धनकुटा), हिक्मत बहादुर रावल (कैलाली), विश्वराज खनाल (तनहुँ) र शरदचन्द्र अधिकारी (संखुवासभा) को नाम पनि समावेश छ ।

यस्तै सुभाष कुमार साह वियोगी (धनुषा), प्रद्युम्न पौडेल (काठमाडौं), भेषराज पाण्डे (कपिलवस्तु), कुमारी निमा काफ्ले (कञ्चनपुर), शिशिर पौडेल (रुपन्देही), गोविन्द भण्डारी (भक्तपुर), विवेक रेग्मी (गोरखा) र धन बहादुर मिजार (नुवाकोट) को आवेदन पनि स्वीकृत भएको छ ।

'सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८३' अनुसार उम्मेदवारहरूले संस्था सुधारका लागि ५,००० शब्दको व्यावसायिक कार्ययोजना पेश गरेका छन् । 

अब उनीहरूको कार्ययोजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ ।

अध्यक्ष बन्नका लागि कम्तीमा १५ वर्षको अनुभव र उच्च नैतिक चरित्र हुनुपर्ने प्रावधान छ । सिफारिस समितिले कार्ययोजना, अनुभव र अन्तर्वार्तामा प्राप्त गरेको कुल अङ्कको आधारमा सबैभन्दा अब्बल ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । 

यी मध्येबाट एक जनाले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष बन्ने अवसर पाउनेछन् । 

feature image


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

गुगलको ‘गल्ती’ ले प्रेस काउन्सिलमा परेको रमाइलो उजुरी

एउटा ठूलो मिडिया हाउसको अध्यक्षले गुगल सर्च गर्दा अर्कै कुनै अनलाइनको अध्यक्षका रुपमा आफ्नो नाम भेट्यो भने उसलाई कस्तो लाग्ला