कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

  • आषाढ १७, २०८३ बुधबार १७:५९

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत  नियुक्त भएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको महाप्रबन्धक पदमा नियुक्त गरेको ग्रुपका प्रमुख कार्यकरी अधिकृत महेश स्वारले जानकारी दिए । 

यसअघि बस्नेत दुई वर्ष अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धक थिए । उनले जेठ अन्तिम साता अन्नपूर्ण मिडियाबाट राजीनामा दिएका थिए । 

१९ वर्षअघि काभ्रे जिल्ला संवाददाता भएर कान्तिपुर दैनिकबाट काम सुरु गरेका बस्नेतसँग समाचार रिपोर्टिङ, सेल्स, वितरण, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । 

“पछिल्ला वर्षहरूमा छापा माध्यमको स्थायित्वलाई लिएर अन्यौलताहरू देखिएका छन् । छापा र डिजिटललाई एकआपसमा जोड्नेमा मेरो ध्यान हुनेछ”, बस्नेतले भने, “संस्था बाँचे मात्र हामी बाँच्छौँ । यो मान्यतालाई आत्मासाथ गर्दै दिएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

बस्नेतसँग सञ्चार र व्यवस्थापन क्षेत्रको लामो राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव छ । उनी अमेरिकन मार्केटिङ एसोसिएसन, इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (IFJ) र इन्टरनेशनल न्यूज मिडिया एसोसिएसन (INMA) जस्ता प्रतिष्ठित संस्थाहरूमा आबद्ध छन् ।

उनले सञ्चार र मानवीय कार्यमा पुर्‍याएको योगदानका लागि अमेरिकाबाट 'युनेस्को युथ पिस एम्बेसडर अवार्ड', भारतबाट 'कोरोना योद्धा सेवा अवार्ड' र अमेरिकाकै 'मिडिया लिडर अफ द एयर अवार्ड' प्राप्त गरेका छन् । 

साथै, न्युयोर्क स्टेट एसेम्बली र स्टेट सिनेटका विभिन्न सदस्यहरूले उनलाई 'असाधारण नेतृत्व', 'कार्यसम्पादन व्यवस्थापन' र 'मिडिया लिडर' का रूपमा सम्मान तथा प्रशंसापत्र प्रदान गरेका छन् ।

संस्थागत रूपमा पनि उनी कान्तिपुर मिडिया ग्रुपबाट 'चियरम्यान एक्सिलेन्स अवार्ड' र अन्नपूर्ण मिडिया नेटवर्कबाट 'बेस्ट इम्प्लोइ अफ द एयर' अवार्डबाट सम्मानित भइसकेका छन् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८

गुगलको ‘गल्ती’ ले प्रेस काउन्सिलमा परेको रमाइलो उजुरी

एउटा ठूलो मिडिया हाउसको अध्यक्षले गुगल सर्च गर्दा अर्कै कुनै अनलाइनको अध्यक्षका रुपमा आफ्नो नाम भेट्यो भने उसलाई कस्तो लाग्ला