पत्रकारमाथि महानगर प्रहरीको कुटपिटः विरोधमा मेयर बालेनको कार्यालयबाहिर पत्रकारको रिले अनशन

पत्रकारमाथि महानगर प्रहरीको कुटपिटः विरोधमा मेयर बालेनको कार्यालयबाहिर पत्रकारको रिले अनशन

  • फाल्गुण २९, २०८० मंगलबार २१:०६

पत्रकारमाथि कुटपिट भएको घटनालाई लिएर श्रमजीवी पत्रकार संघको नेतृत्वमा पत्रकारहरूले रिले अनशन सुरू गरेका छन् ।

गत फागुन १६ गते राति काठमाडौंको सुनधारामा पत्रकार पदमप्रसाद पोखरेलमाथि काठमाडौं महानगरप्रहरीद्वारा कुटपिट भएको थियो । पत्रकार पदमप्रसाद पोखरेलको न्यायको लागि पत्रकारहरूले मङ्गलबारदेखि महानगर प्रमुख बालेन शाहको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि रिले अनशन सुरू गरेका हुन् ।

सडक व्यापारीहरूलाई हटाउने क्रममा महानगर प्रहरी र व्यापारीहरूबीच फागुन १६ गते बेलुका झडप भएको थियो । सडक व्यापारी र महानगर प्रहरीबीच भएको झडपको भिडियो खिचिरहेका पत्रकार पदमप्रसाद पोखरेललाई महानगर प्रहरीले कुटपिट गरेको थियो । पत्रकार पोखरेल प्राणमञ्च मासिक पत्रिका र प्राणमञ्च डट कमका प्रधान सम्पादक हुन् ।

मिडियाको परिचयपत्र देखाउँदा देखाउँदै महानगर प्रहरीले आफूलाई कुटपिट गरेको र मोबाइल फोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू समेत लगेको उनले बताए । 

रिले अनशनमा बसेका पत्रकारले पत्रकारहरूमाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, घाइते पत्रकारको उपचार र जफत सामान फिर्ता गराउन, महानगर प्रशासनको दादागिरी अन्त्य गर्न माग गरेका छन् ।

श्रमजीवी पत्रकार संघले काठमाडौं महानगरपालिकामा फागुन २० गते ज्ञापन पत्र बुझाएको थियो । काठमाडौं महानगरपालिकाले पत्रकार पदमप्रसाद पोखरेलको न्यायको मागलाई महानगरले बेवास्ता गरेको आरोप श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले लगाएका छन् ।

“हामीले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ज्ञापन पत्र दियौं, हाम्रो मागको बेवास्ता गरेको हुनाले हामीले रिले अनशन गरेका हौँ, उनी भन्छन्, “हाम्रा चार बुँदे माग सम्बोधन नभएसम्म रिले अनशन सहित थप आन्दोलन गर्छौँ ।"

पत्रकारमाथि नगर प्रहरीले गरेको दुर्व्यवहार अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको नेपाल पत्रकार महासंघले ठहर गरेको छ । नेपाल पत्रकार महासंघले फागुन १७ गते विज्ञप्ति निकालेर घटनामा सम्लग्न नगर प्रहरीलाई कारबाही गर्न माग गरेको थियो ।

‘महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पत्रकार पदमप्रसाद पोखरेललाई महानगर प्रहरीले कुटपिट नगरेको दाबी गरे । मिडिया कुराकानीसँग टेलिफोन संवादमा उनले पत्रकारहरूको आरोप अस्वीकार गरे ।

पत्रकारहरू ज्ञापनपत्र बुझाउन आएको र प्रमाणको आधारमा खोसिएका सामान फिर्ता दिन भनिएको उनले बताए । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८