पत्रकारको फेसबुकमा काउन्सिलको नजर

पत्रकारको फेसबुकमा काउन्सिलको नजर

Photo by Glen Carrie on Unsplash
  • बैशाख २२, २०७८ बुधबार ०२:५३

‘प्रवृत्तिगत अध्ययन गरी अभिलेखमा’

सञ्चार माध्यमहरूमा प्रकाशित समाचार सामग्रीमा पत्रकार आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले पत्रकारहरूको सामाजिक सञ्जालमा पनि नजर राख्न थालेको छ । 

“कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेखमा राखेको”  काउन्सिलले जनाएको छ ।

काउन्सिलका सूचना अधिकारी एवं उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा मंगलबार जारी विज्ञप्तिमा “कोरोनाबाट सङ्क्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवम् मृतकको सामूहिक दाहसंस्कारका तस्बिरहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोस्ट भएका घटनाप्रति ध्यानाकर्षण भएको” उल्लेख छ । समाचार सामग्री सम्प्रेषण गर्दा सजगता अपनाउन पनि विज्ञप्तिमा अपिल गरिएको छ । 

पत्रकारबाटै सामाजिक सञ्जालमा सामूहिक दाहसंस्कार लगायत तस्बिरहरू पोस्ट भएकोमा काउन्सिलले आपत्ति जनाएको छ।

“अझ यस महामारीमा पनि ज्यान जोखिममा राखेर आमजनतालाई सूचना, समाचार सम्प्रेषण गर्न कायक्षेत्रमा खटिएका कतिपय पत्रकार/सञ्चारकर्मीले समेत यस्ता तस्बिरहरू आ–आफ्नो सामाजिक सञ्जालमा राखेको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ । 

काउन्सिलले आफ्नो कार्यालयबाट तथा काउन्सिलका मिडिया अनुगमनकर्ताहरूले आआफ्ना निवासबाट यस्ता सामग्रीहरूमा नियमित नजर राखिरहेको विज्ञप्तिमा उल्लेख छ । 

कतिपय पत्रकारले प्रेस काउन्सिल नेपाल सरकारको लाइनमा खडा भएको टिप्पणी गरेका छन् । कोभिड-१९ नियन्त्रणमा असफल बनेको सरकारको कमजाेरी र चरित्र उदांगो हुने भएपछि काउन्सिलले विज्ञप्ति नै निकालिदिएको टिप्पणी पत्रकार यम बमले फेसबुकमा गरेका छन् ।  

सिकिस्त बिरामीलाई पनि अस्पतालमा बेड छैन भनेर केही दिन अघि सार्वजनिक सूचना जारी गरेको सरकारका लागि बढ्दो मृत्युका बीच शव व्यवस्थापन पनि कठिन बनेको थियो । कोभिड-१९ को प्रकोप बढ्न थालेपछि पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह र घाटमा चाप बढेको छ । कोरोनाबाट मृत्यु हुनेको शव पनि वाग्मती किनारमै जलाउन थालिएको छ । 

“काउन्सिलले यस्ता विषयमा कार्यालय र आ–आफ्नो निवासबाट समेत नियमितरूपमा अनुगमन गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र कोरोना भाइरस सङ्क्रमण सम्बन्धमा २०७६ चैत १० गते जारी निर्देशिकाबमोजिम केही मिडियाको ध्यानाकर्षण गराउँदै कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेखमा राखेको छ”, विज्ञप्तिमा भनिएको छ । 

पत्रकार आचारसंहिता र निर्देशिकाअनुसार  केही मिडियाको ध्यानाकर्षण गरिसकेको काउन्सिलले जनाएको छ । प्रेस काउन्सिलले २०७६ चैत १० गते कोरोनाको महामारीविरुद्ध समाचार सम्प्रेषण गर्दा पत्रकार र सञ्चारमाध्यमले पालना गर्नुपर्ने दायित्व भन्दै ९ बुँदे निर्देशिका जारी गरेको थियो ।  

काउन्सिलले गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्बलिने, प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने तथा संक्रमित बिरामीको आत्मबलमा असर परी क्षति हुनसक्ने हुँदा अझ  जिम्मेवार र सजग भइ थप सावधानी अपनाउन आमपत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तामा अपिल गरेको छ । 

मूलधारका मिडियाका समाचार सामग्री समेत प्रभावकारी अनुगमन गर्न नसकिरहेको काउन्सिलले पत्रकारका फेसबुक, ट्‍विटरसहितका सामाजिक सञ्जाल अनुगमन गर्न सक्ला त ? काउन्सिलले पत्रकारको फेसबुक लगायत सोसल मिडियामा नजर राख्न थालेको तपाईँलाई कस्तो लाग्यो ? कृपया कमेन्टमा लेख्नुहोस् ।

हेर्नुहोस् काउन्सिलको विज्ञप्तिः

pcn-appeal-78-1-21 (1) (1).jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८