नागरिक दैनिकको सम्पादकमा बालकृष्ण अधिकारी नियुक्त

नागरिक दैनिकको सम्पादकमा बालकृष्ण अधिकारी नियुक्त

फोटो पदमराज जोशीको फेसबुकबाट साभार ।
  • जेठ ७, २०८३ बिहीबार २३:४३

प्रधान सम्पादक गुणराज लुइँटेलले राजीनामा दिएपछि नेपाल रिपब्लिक मिडिया लिमिटेडले ‘नागरिक दैनिक’ को सम्पादकमा पत्रकार बालकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

नेपाल रिपब्लिक मिडियाको सञ्चालक समितिको २०८३ जेठ ७ गते बसेको बैठकले अधिकारीलाई सम्पादक नियुक्त गरेको उक्त संस्थाका अध्यक्ष रोमनाथ घिमिरेले जानकारी दिए । 

“सञ्चालक समितिले यहीँ कार्यरत पत्रकार बालकृष्ण अधिकारीलाई सम्पादक नियुक्त गरेको छ”,  अध्यक्ष घिमिरेले भने, “समाचारकक्षहरूमा नेतृत्त्व परिवर्तनलाई हामीले स्वभाविक लिएका छौँ, यो नियमित प्रक्रिया हो ।” नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको राजीनामा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको राजीनामा

त्यसअघि आज नै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको थियो । 

२०७२ जेठ १२ गते नागरिक दैनिकको सम्पादकीय नेतृत्त्व सम्हालेका लुइँटेलले त्यहाँ ११ वर्ष बिताए । 

“दशक बढी एउटै प्रतिष्ठित समाचारकक्षमा अनवरत काम गर्नु मेरा लागि अवसर थियो”, लुइँटेलले भने, “दैनन्दिन गरिने उस्तैखाले कामबाट विश्राम लिएको मात्र हो, फेरि पनि गर्ने त पत्रकारिता नै हो ।” 

लुइँटेलले रिपोर्टिङ, लेखनमार्फत् आफू सक्रिय भइरहने बताए । 

केही समयदेखि नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक विनोराज ज्ञवाली, उनकी पत्नी तथा सञ्चालक शोभा ज्ञवाली र कम्पनीमा प्रबन्ध निर्देशक रहेकी छोरी समृद्धि ज्ञवालीले सञ्चालक समितिबाट शृङ्खलाबद्ध रुपमा राजीनामा दिएका थिए ।

राजीनामा दिएका उनीहरू प्रधान सम्पादक लुइँटेलको बिदाइ र नवनियुक्त सम्पादक अधिकारीको स्वागतमा भने उपस्थित थिए । 

nepal republic media.jpg

वायाँबाट क्रमशः नागरिकका नवनियुक्त सम्पादक अधिकारी, निवर्तमान प्रधान सम्पादक लुइँटेल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली र निवर्तमान प्रबन्ध निर्देशक समृद्धि । फोटोः पत्रकार सुभद्रा धितालको फेसबुकबाट साभार ।


नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक ज्ञवाली परिवारका सदस्यहरूले सञ्चालक समितिबाट शृङ्खलाबद्ध राजीनामा दिएपछि घिमिरे हालैमात्र अध्यक्ष निर्वाचित भएका हुन् । 

नवनियुक्त सम्पादक बालकृष्ण अधिकारी नागरिक दैनिकमै लामो समयदेखिका पत्रकार हुन् । सम्पादक नियुक्त हुनुपूर्व नागरिकको राजनीतिक ब्यूरो प्रमुखको जिम्मेवारीमा रहेका उनी दुई दशक भन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् ।

अधिकारी मूलतः राजनीतिक तथा संसदीय रिपोर्टिङमा परिचित छन् । उनी प्रेस काउन्सिल नेपालका सदस्यसमेत थिए । 

गत वैशाखमा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेश, २०८३ लागू भएपछि काउन्सिलका अध्यक्षसहित अन्य सदस्यसँगै उनी पनि स्वतः पदमुक्त भएका थिए । 

अघिल्लो कार्यकालमा उनी नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेशमा उनी अध्यक्ष थिए ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८