नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको राजीनामा

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको राजीनामा

  • जेठ ७, २०८३ बिहीबार १९:१०

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले राजीनामा दिएका छन् । 

लुइँटेलको राजीनामा नेपाल रिपब्लिक मिडिया लिमिटेड सञ्चालक समितिले स्वीकृत गरेको उक्त कम्पनीका अध्यक्ष रोमनाथ घिमिरेले जानकारी दिए । 

“सञ्चालक समितिको आज (७ जेठ, २०८३) को बैठकले उहाँको राजीनामा स्वीकृत गरेको हो”, घिमिरेले मिडिया कुराकानीसँग भने । 

नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक ज्ञवाली परिवारका सदस्यहरूले सञ्चालक समितिबाट शृङ्खलाबद्ध राजीनामा दिएपछि घिमिरे हालैमात्र अध्यक्ष निर्वाचित भएका हुन् । 

“उहाँ (प्रधान सम्पादक लुइँटेल) ले राजीनामा दिनुभएको केही समय अघि हो, सञ्चालक समितिले आज त्यसलाई स्वीकृत गर्‍यो,” घिमिरेले भने ।  

२०७२ जेठ १२ गते नागरिक दैनिकको सम्पादकीय नेतृत्त्व सम्हालेका लुइँटेलले त्यहाँ ११ वर्ष बिताए । 

“दशक बढी एउटै प्रतिष्ठित समाचारकक्षमा अनवरत काम गर्नु मेरा लागि अवसर थियो”, लुइँटेलले भने, “दैनन्दिन गरिने उस्तैखाले कामबाट विश्राम लिएको मात्र हो, फेरि पनि गर्ने त पत्रकारिता नै हो ।” लुइँटेलले रिपोर्टिङ, लेखनमार्फत् आफू सक्रिय भइरहने बताए । 

केही समय अघि नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक ज्ञवाली परिवारका सदस्यहरूले सञ्चालक समितिबाट शृङ्खलाबद्ध रुपमा राजीनामा दिएका थिए । 

‘के तपाईँको राजीनामा त्यसैको श्रृङ्खला हो ?’, मिडिया कुराकानीको प्रश्नमा लुइँटेले भने- ‘त्यो व्यवस्थापकीय कुरा हो । म सञ्चालक समितिमा पनि छैन र थाहा हुने कुरा पनि भएन ।’

लुइँटेलले २०७२ को भूकम्पदेखि संविधान निर्माण, नाकाबन्दी, कोरोना महाव्याधि हँदै जेनजी प्रदर्शनसम्मको उथलपुथलकारी दशकमा आफूले काम गर्ने अवसर पाएको बताए । 

“यो सामाजिक असन्तुष्टिको समय हो । यी उथलपुथल, इतिहासको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी बोकेका हामी पत्रकारको जीवनमा धेरै नै महत्वपूर्ण समय हुन्”, लुइँटेलले भने । 

नेपाल रिपब्लिक मिडियाको सञ्चालक समितिले नयाँ सम्पादक नियुक्तिको निर्णय गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८