नेपालन्युजका प्रधान सम्पादक अर्यालले दिए राजीनामा

नेपालन्युजका प्रधान सम्पादक अर्यालले दिए राजीनामा

  • चैत्र १५, २०८२ आइतबार १५:२१

नेपालन्युजका प्रधान सम्पादक प्रशान्त अर्यालले राजीनामा दिएका छन् । गत चैत १३ गते शुक्रबार अर्यालले पदबाट राजीनामा दिएका हुन् । 

“मैले प्रधान सम्पादकको जिम्मेवारी सम्हालेको एक वर्ष पुग्यो । यसबीचमा अनलाइन समाचारकक्ष सञ्चालनको पहल गरियो”, अर्यालले भने, “समाचार उत्पादन, सम्पादकीय नेतृत्त्व र जनशक्तिबीचको सन्तुलन सजिलो भएन । त्यसैले बिदा हुने निर्णय लिएँ ।” अर्यालले अब सम्पादकीय नेतृत्त्वको भारी सम्भवतः नउठाउने बताए । 

अर्यालले यसअघि ग्यालेक्सी टेलिभजन, कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक लगायतका मिडियाको सम्पादकीय नेतृत्त्व गरेका थिए । 

नेपालको सुरुवाती अनलाइन समाचार पोर्टल नेपालन्युजमा स्वामित्व परिवर्तन भएपछि औपचारिक रुपमा २०८२ भदौ ७ देखि पुनः प्रकाशन भएको थियो ।

नेपालको अग्रणी समाचार पोर्टल नेपालन्युज सुरुमा मर्कन्टायल कम्युनिकेसनले सञ्चालन गरेको थियो । पछि यो पोर्टल यती समूह व्यवस्थापनलाई बेचियो। त्यसपछि यती समूहले पनि उक्त पोर्टल बिक्री गरेपछि अहिले प्रमोदराज सेढाईं अध्यक्ष रहेको नेपाल न्युज प्रालिले सञ्चालन गरिरहेको छ। 

Construction of Online Journalism in Nepal: The Cooperation between an IT Company and Newspaper Organizations Construction of Online Journalism in Nepal: The Cooperation between an IT Company and Newspaper Organizations


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८