फरकधार अनलाइनले विभिन्न २१ पदका लागि आवेदन आह्वान गरेको छ । फरकधार इनिसियटिभ्स प्रालिद्वारा सञ्चालित यो अनलाइनले सम्वाददाता, डेस्क सम्पादक, प्रस्तोता, फोटो/भिडियो तथा मार्केटिङ विभागमा गरी थप २१ जना समावेश गरी टिम विस्तार गर्न लागेको आवेदनमा उल्लेख छ ।
फरकधारले ९ जना सम्वाददाता, ३ जना फिचर सम्पादक, २ जना प्रस्तोता, २ जना भिडियो तथा फोटो पत्रकार र मार्केटिङमा ५ जनाको आवेदन मागेको छ । फेसबुक पेजमा पोस्ट गरिएको आवेदनमा कुनै योग्यता भने खुलाइएको छैन ।
यदि तपाईँ आफूलाई यी मध्ये कुनै पनि काममा योग्य ठान्नुहुन्छ वा अवसरको खोजीमा हुनुहुन्छ भने [email protected] मा आफ्नो व्यक्तिगत विवरण तथा कामको प्रस्ताव इमेल गर्न सक्नुहुन्छ ।
शिखर घिमिरे प्रधान सम्पादक रहेको फरकधार अनलाइन म्यागजिनको टिममा हाल २९ जना छन् ।
हेर्नुस् फरकधार अनलाइनको आवेदन
