फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ ।
कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न सक्ने फोटोग्राफर र भिडियोग्राफरहरूलाई तलबसहितको इन्टर्नसिपको अवसर प्रदान गरेको हो ।
उक्त पदका लागि डिएसएलआर (DSLR) क्यामेरा भएका, समूहमा काम गर्न सक्ने, सिर्जनशील र खुला विचार भएका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् । साथै, फोटो/भिडियो सम्पादनको आधारभूत ज्ञान भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
फोटोग्राफी र भिडियोग्राफीमा रुचि हुने इच्छुक उम्मेदवारहरूले आफ्नो पछिल्लो बायोडाटा र आवेदन पत्र [email protected] मा पठाउन सक्नेछन् ।
हेर्नुस् आवश्यकतासम्बन्धी सूचनाः
