बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ ।
यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि डिजिटल सामग्री उत्पादनको जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
मुख्य जिम्मेवारी:
- डिजिटल सामग्रीका लागि स्क्रिप्ट लेखन र स्टोरी तयार गर्ने ।
- अडियो रेकर्डिङ, भिडियो छायाङ्कन र सम्पादन गर्ने ।
- विभिन्न डिजिटल प्लेटफर्मका लागि सामग्री प्याकेजिङ र फर्म्याटिङ गर्ने ।
- स्थानीय साझेदारहरूलाई प्राविधिक मार्गदर्शन र क्षमता अभिवृद्धिमा सहयोग गर्ने ।
आवश्यक योग्यता:
- क्यामेरा सञ्चालन र डिजिटल सम्पादनमा प्राविधिक दख्खल ।
- स्टोरीटेलिङ, छायाङ्कन र पोस्ट-प्रोडक्सनमा अनुभव ।
- नेपालको मिडिया परिदृश्य र सामाजिक-सांस्कृतिक परिवेशको बुझाइ ।
- एसईओ (SEO), एआई (AI) र नयाँ डिजिटल ट्रेन्डहरूबारे जानकारी ।
यो पूर्णकालीन पद हो र कार्यस्थल काठमाडौं रहनेछ ।
यो पदमा काम गर्ने व्यक्तिले 'हेड अफ एडिटोरियल एण्ड प्रोडक्सन' लाई रिपोर्ट गर्नुपर्नेछ ।
मेरोजबमा प्रकाशित यो आवेदन सूचनामा आवेदन दिने अन्तिम मिति र विधि उल्लेख भने छैन । हामीले आवेदन दिने अन्तिम मिति र विधिबारे बीबीसी मिडिया एक्सनलाई इमेलमार्फत् प्रश्न गरेका छौँ, प्राप्त हुनेबित्तिकै यहीँ अपडेट गर्नेछौँ ।
बीबीसी मिडिया एक्सन बीबीसीको अन्तर्राष्ट्रिय विकास परोपकारी संस्था हो । नेपालमा यसले मिडिया र सञ्चारका माध्यमबाट लोकतन्त्रको सुदृढीकरण, गरिबी न्यूनीकरण र सामाजिक सशक्तीकरणका लागि काम गर्दछ ।