NIMJN मा रोजगारीको अवसर

NIMJN मा रोजगारीको अवसर

  • आश्विन ९, २०८२ बिहीबार १८:२०

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक न्यायका मुद्दामा खोजमूलक मल्टिमिडिया समाचार सामग्री उत्पादन तथा तालिम/मेन्टरसिप प्रदान गर्ने संस्था हो । 

प्रोग्राम अफिसरका लागि आवेदन दिन सामाजिक विज्ञानमा स्नातक तहसहित राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा सञ्चारमाध्यममा कम्तीमा तीन वर्षभन्दा बढी अनुभव आवश्यक पर्ने संस्थाले जनाएको छ ।

स्नातकोत्तर तह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई ग्राहयता दिइने संस्थाले जनाएको छ । यो पदमा छानिने उम्मेदवारले परियोजना प्रस्ताव लेखन तथा अनुगमन प्रतिवेदन तयार पार्ने, तालिम/मेन्टरसिप कार्यक्रम व्यवस्थापन गर्ने तथा स्थानीय/प्रदेशस्तरमा पत्रकारहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ । 

यस्तै, प्रोग्राम एसोसिएटले सामाजिक विज्ञान, अंग्रेजी, अन्तर्राष्ट्रिय सम्बन्ध, सामाजिक कार्य, परियोजना व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । दुबै पदका लागि नेपाली र अंग्रेजी भाषामा दक्ष भएको हुनुपर्ने जनाइएको छ । 

दुबै पदका लागि अक्टोबर १२, २०२५ अर्थात् असोज २६, २०८२ भित्र आवेदन दिनु पर्नेछ । दुबै पदका आवेदन सूचना यहाँ पढ्न सकिन्छ । प्रोग्राम अफिसरप्रोग्राम एसोसिएट पदका लागि अनलाइन फारम भरी आवेदर्न दिन सकिन्छ । 

संस्थाले महिला उम्मेदवार र दलित तथा LGBTQ+ समुदायका सदस्यहरूलाई आवेदन  दिन प्रोत्साहन गरेको छ । थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिन्छ । 


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,

३० वर्षे उमेरहद राखेर कान्तिपुरले ३२ जिल्लामा माग्यो स्ट्रिन्जर

कान्तिपुर पब्लिकेसन्सले विभिन्न ३२ जिल्लाहरूका लागि स्ट्रिन्जर पदमा आवेदन माग गरेको छ। ३० वर्ष ननाघेका युवाहरूबाट आवेदन माग गरिएको कान्तिपुरले