समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

  • फाल्गुण १३, २०८१ मंगलबार १८:३४

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार अंग्रेजी र नेपाली गरी जम्मा ७ जना कर्मचारी आवश्यक रहेको छ।

सार्वजनिक सेवा प्रसारण नेपालको विज्ञापन अनुसार दुई जना अंग्रजी समाचारतर्फ र ५ जना (१ महिला सहित) नेपाली समाचारतर्फ आवेदन माग गरिएको छ ।

विज्ञापनमा यसरी नियुक्त हुने व्यक्तिले समाचार वाचन, सम्पादन र प्रस्तुतीकरण - तीनवटै काम गर्नुपर्ने उल्लेख छ।

संस्थाले माग गरेका पदहरूमा काम गर्न इच्छुक व्यक्तिको न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट पत्रकारिता विषयमा कम्तिमा स्नातक उत्तीर्ण गरेको वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरी टेलिभिजन समाचार वाचन, सम्पादन र रिपोर्टिङ र कार्यक्रम प्रस्तोताका रुपमा कम्तिमा १ वर्षको अनुभव प्राप्त गरेको हुनपर्नेछ ।

लोपोन्मुख, सिमान्तकृत र अति सिमान्तकृत समुदायका उम्मेदवारका लागि कक्षा १२ उत्तीर्ण र ६ महिनाको पत्रकारिता अनुभव भए पुग्ने तथा प्रस्तुति कौशल र भाषा ज्ञान भएकालाई प्राथमिकता दिइने जनाइएको छ।

उमेर हद  : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको महिला र अपाङ्गता भएकाको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । लोपोन्मुख, अति सिमान्तकृत र सिमान्तकृत वर्ग/समुदायका हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

सेवाको किसिम / पारिश्रमिक : पारिश्रमिकको हकमा काम गरेको दिनको सिफ्ट अनुसार नेपाल टेलिभिजनको निर्धारित दररेट बमोजिम भुक्तानी हुने र करार अवधि २०८२ असारसम्म रहने तथा कार्य मूल्याङ्कनका आधारमा थप गर्न सकिने जनाइएको छ।

छनोटको किसिम : दरखास्तहरूको मूल्याङ्कन शैक्षिक योग्यता, समावेशिता, कार्यानुभव, तालिम र भिडियो प्रस्तुतिका आधारमा प्रारम्भिक छनौट गरी छनौट भएकाहरूको प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा लिइने जनाइएको छ।

दरखास्त बुझाउने अन्तिम मिति र स्थान : इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र दरखास्त फारमसँगै नागरिकता, शैक्षिक प्रमाणपत्र, तालिम र अनुभवका कागजात तथा २ मिनेटको भिडियो प्रस्तुति वा भिडियो लिंक सहित नेपाल टेलिभिजन कार्यालय वा ईमेल ठेगाना [email protected] मा आवेदन दिनुपर्नेछ। फारम वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिनेछ।

प्रारम्भिक छनौट भएका उम्मेदवारको नामावली र परीक्षा कार्यक्रम दरखास्त दिने अन्तिम मितिले ५ दिनभित्र नेपाल टेलिभिजनको वेबसाइट ntv.org.np मा राखिने संस्थाले जनाएको छ । समाचार लेखन र भाषा शैली तथा अंग्रेजी समाचारको हकमा भाषा अनुवाद परीक्षासमेत लिइने छ । यसअघि समाचार प्रस्तोता सम्बन्धी सूचना रद्ध भएको सूचनामा भनिएको छ ।


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,

३० वर्षे उमेरहद राखेर कान्तिपुरले ३२ जिल्लामा माग्यो स्ट्रिन्जर

कान्तिपुर पब्लिकेसन्सले विभिन्न ३२ जिल्लाहरूका लागि स्ट्रिन्जर पदमा आवेदन माग गरेको छ। ३० वर्ष ननाघेका युवाहरूबाट आवेदन माग गरिएको कान्तिपुरले