रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

रेडियोलाई 'अन डिमान्ड' बनाउन कान्तिपुरले खोज्यो सिनियर पड्कास्ट प्रोड्युसर

  • चैत्र २१, २०८२ शनिबार २०:०१

के तपाईँलाई पड्कास्टमार्फत पत्रकारिता गर्न मन लागेको छ ? पड्कास्ट उत्पादनमा अनुभव छ ? यदि छ भने यो अवसर तपाईँका लागि हो । 

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले 'सिनियर पड्कास्ट प्रोड्युसर' का लागि आवेदन आह्वान गरेको छ । 

रेडियो कान्तिपुरलाई परम्परागत 'टक-एन्ड-प्ले' शैलीबाट आधुनिक 'अन-डिमान्ड' अडियो प्लाटफर्म बनाउने रणनीतिका साथ कान्तिपुरले पड्कास्टर खोजेको जनाएको छ । परम्परागत प्रसारणको तालिकामा सीमित नभई श्रोताले आफ्नो सुविधा र समयमा रुचिको सामग्री सुन्न मिल्ने बनाउनु 'अन-डिमान्ड' हो । 

"यो पदको मुख्य जिम्मेवारी रेडियो कान्तिपुरको कार्यक्रम रणनीतिलाई पुनर्संरचना गर्नु हो । परम्परागत 'टक–एन्ड–प्ले' रेडियोलाई सहरी क्षेत्रका श्रोता, विदेशमा रहेका नेपाली र युवा पुस्तालाई आकर्षित गर्नेगरी अन–डिमान्ड अडियो सामग्री उत्पादन गर्नु हो," कान्तिपुरको आवेदनमा भनिएको छ, "यो जिम्मेवारीले संस्थाको प्रिन्ट, डिजिटल र ब्रोडकास्ट युनिटहरूलाई जोड्ने केन्द्रीय सम्पादकीय तथा उत्पादन हबको भूमिका निभाउनेछ ।" 

यो पदमा छानिने व्यक्तिले कान्तिपुर दैनिक, काठमाडौं पोस्ट र रेडियोबीच सम्पादकीय पुलको काम गर्नुपर्नेछ । 

छापा माध्यमका समाचारलाई रोचक 'न्युज डिकोडर' अडियो सामग्रीमा बदल्ने तथा अनुसन्धानमूलक पोडकास्ट सिरिजहरूको नेतृत्व गर्ने जिम्मेवारी यो पदलाई छ । अडियो मिक्सिङ, साउन्ड डिजाइन र डिजिटल मार्केटिङको प्राविधिक दखल आवश्यक पर्ने जनाइएको छ । 

कान्तिपुरका अनुसार हाल यहाँ कार्यरत तथा नयाँ नियुक्त हुने पत्रकारहरूलाई 'डिजिटल-फर्स्ट' सोचतर्फ डोर्‍याउन सक्ने नेतृत्व क्षमता तपाईँमा हुन आवश्यक छ । साथै, Spotify र Apple Podcasts जस्ता पड्कास्ट प्लेटफर्महरूमा सामग्री व्यवस्थापन गर्ने ज्ञान पनि तपाईँमा आवश्यक पर्छ ।

आवेदनका लागि १५ अप्रिल २०२६ को समयसीमा तोकिएको छ । व्यक्तिगत विवरणसँगै आफूले बनाएका २-३ वटा उत्कृष्ट अडियो नमुना र आगामी ३ महिनाका लागि प्रस्तावित ३ वटा पोडकास्ट योजना (५०० शब्द) पठाउनुपर्ने जनाइएको छ ।

कान्तिपुरले यसअघि कान्तिपुर दैनिकका लागि प्रधान सम्पादक तथा कान्तिपुर तथा काठमाडौं पोस्टका लागि म्यानेजिक एडिटरका लागि पनि आवेदन आह्वान गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपले आफ्नो सम्पादकीय संरचनामा व्यापक फेरबदल गर्दै सबै प्लाटफर्मको रेखदेख गर्ने गरी सर्वोच्च नेतृत्त्वमा अनुप काफ्लेलाई नियुक्त गरेको छ । 


Related Story

बीबीसी मिडिया एक्सनलाई 'डिजिटल प्रोड्युसर' आवश्यक

बीबीसी मिडिया एक्सन नेपालले 'डिजिटल प्रोड्युसर' पदका लागि आवेदन आह्वान गरेको छ । यो पदमा छानिने उम्मेदवारले संस्थाका विभिन्न परियोजनाहरूका लागि

गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको नेतृत्त्व छान्न सरकारले निकाल्यो सूचना

सरकारले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रशारण संस्था र प्रेस काउन्सिल नेपालको नेतृत्त्व छान्न आवेदन आह्वान गरेको छ । यी तीनवटा सार्वजनिक

खोज र फिचरलाई सुदृढ बनाउन कान्तिपुरले माग्यो 'म्यानेजिङ एडिटर'

नेपालको अग्रणी सञ्चार संस्था कान्तिपुर मिडिया ग्रुपले आफ्नो खोजमूलक र फिचर पत्रकारितालाई थप सुदृढ बनाउन 'म्यानेजिङ एडिटर' (फिचर, इन्भेस्टिगेसन र

NIMJN मा रोजगारीको अवसर

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले प्रोग्राम अफिसर र प्रोग्राम एसोसियट पदमा आवेदन आह्वान गरेको छ । NIMJN सामाजिक

समाचार वाचन, सम्पादन र प्रस्तुतीमा रुची छ? नेपाल टेलिभिजनको यो अवसर तपाईँका लागि हो

नेपाल टेलिभिजनले समाचार च्यानलका लागि करार सेवामा समाचार वाचक, सम्पादक र प्रस्तोता पदहरूका लागि आवेदन आह्वान गरेको छ। सूचना अनुसार

नेपाल फोटो लाइब्रेरीलाई फोटोग्राफर र भिडियोग्राफर आवश्यक

फोटो एजेन्सी 'नेपाल फोटो लाइब्रेरी' ले सिर्जनशील फोटोग्राफर तथा भिडियोग्राफरहरूको खोजी गरेको छ । कम्पनीले पूर्णकालीन तथा आंशिककालीन रूपमा काम गर्न

कान्तिपुरको स्ट्रिन्जर विज्ञापन: ३० वर्षे उमेरहददेखि श्रम शोषणसम्मका ५ विवाद

कान्तिपुर पब्लिकेसन्सले ३२ जिल्लामा स्ट्रिन्जर पदका लागि गरेको विज्ञापनले पत्रकारिता क्षेत्रमा व्यापक चर्चा जन्माएको छ । विशेषगरी ३० वर्षको उमेरहद,

३० वर्षे उमेरहद राखेर कान्तिपुरले ३२ जिल्लामा माग्यो स्ट्रिन्जर

कान्तिपुर पब्लिकेसन्सले विभिन्न ३२ जिल्लाहरूका लागि स्ट्रिन्जर पदमा आवेदन माग गरेको छ। ३० वर्ष ननाघेका युवाहरूबाट आवेदन माग गरिएको कान्तिपुरले