मिडिया विकासका लागि विश्व मंचको संचालक समितिमा पन्त निर्वाचित

मिडिया विकासका लागि विश्व मंचको संचालक समितिमा पन्त निर्वाचित

  • श्रावण ५, २०८२ सोमबार २२:२०

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्त  पत्रकारिता र मिडिया विकास संस्थाहरूको सबैभन्दा ठूलो विश्व समुदाय ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट (जिएफएमडि) को संचालक समितिमा निर्वाचित भएका छन्। उक्त घोषणा बुधवार सम्पन्न जिएफएमडिको साधारणसभाबाट गरिएको हो।

पन्तसहित आगामी ४ वर्षका लागि विभिन्न देश र क्षेत्रका १७ जना नयाँ निर्वाचित सदस्यहरूले जिएफएमडिको नेतृत्व गर्नेछन्। निर्वाचनमा यसपटक ५४ जनाले उम्मेदवारी दिएका थिए, जुन चार वर्षअघि सम्पन्न निर्वाचनको तुलनामा दोब्बर हो। जुन १२ देखि जुलाई १४ सम्म अनलाइनमा चलेको निर्वाचनमा  २१५ जना साधारण सदस्यहरूमध्ये ७६ प्रतिशतले मतदान गरेका थिए।

पन्तले  जिएफएमडिमा एशिया, प्यासिफिक र ओसिनिया क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।  जिएफएमडिमा पन्तको यस नेतृत्वदायी प्रवेशले नेपाल तथा दक्षिण एशियाको मिडिया विकासको कार्यसूचीलाई प्रेस स्वतन्त्रता, मिडिया बहुलवाद, र पत्रकारहरूको सुरक्षासम्बन्धी विश्वव्यापी नीतिगत छलफलको केन्द्रमा पुर्‍याएको छ। समितिमा निर्वाचित भएपछि पन्तले भने, “मिडिया एक्सन नेपालको प्रतिनिधिका रुपमा मात्र नभई , एशियाली मिडिया समुदायको आवाजलाई मिडिया विकास, अभिव्यक्ति  र प्रेस स्वतन्त्रताको दिशा तय गर्ने  संस्थाहरूसँगको विश्व संवादमा पुर्‍याउन पाउनु मेरा लागि  ठूलो सम्मान हो।”

नव-निर्वाचित संचालक समितिको चार वर्षे कार्यकाल नोभेम्बर २०, २०२५ मा मलेसियाको क्वालालम्पुरमा आयोजना हुने पहिलो बैठकबाट सुरु हुनेछ।  सो बैठकबाट  समितिले नयाँ अध्यक्ष, उपाध्यक्ष, र कोषाध्यक्ष चयन गर्नेछ, जसले कार्यकारी निर्देशक मीरा मिलोसेभिकसँग मिलेर जिएफएमडिको रणनीति निर्माण  र मार्गदर्शन गर्नेछन्।

नवनिर्वाचित हुने सदस्यहरूमा पन्तसँगै अफ्रिकी महिला पत्रकारिता प्रवर्द्धनका अभियन्ता क्याथरिन गिचेरू (केन्या), नामिबिया मिडिया ट्रस्टकी कार्यकारी निर्देशक जोइ टाइटस,  युक्रेनको नेसनल युनियन अफ जर्नालिस्ट्सकी लिना कुशच, अमेरिकाको सेन्टर फर जर्नालिजम एंड लिबर्टीकी सञ्चालक कोर्टनी राड्सच, इन्टरनेसनल फ्याक्ट चेकिङ्ग सस्थाकी निर्देशक एन्जी होलान, क्यानडाको सेन्टर फर ल एण्ड डेमोक्रेसीका कार्यकारी निर्देशक टोबी मेन्डेल, स्वीट्जरल्यान्डको फाउन्डेसन हेरोंदेलकी क्यारोलिन वुइलेमिन, बेलायतस्थित आर्टिकल १९ की प्रमुख क्विन म्याक्यूलगायत छन्।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८