रेडियो टीकापुरले पायो महासंघको लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार

रेडियो टीकापुरले पायो महासंघको लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार

  • बैशाख २०, २०८२ शनिबार १७:५१

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) बाट सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज, कैलालीलाई सम्मान गरेको छ ।

दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा शनिबार भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तप बहादुर मगर र  नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एपएमलाई प्रमाणपत्र प्रदान गरे ।

पुरस्कारको मुख्य उद्देश्य नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्नु रहेको महासंघले जनाएको छ ।

२०८२ वैशाख २ गते आवेदन आह्वान गरिएको पुरस्कारका लागि कुल २३ सञ्चारमाध्यमले सहभागिता जनाएका थिए। महासंघका अनुसार ७ अनलाइन पोर्टल, १३ एफएम रेडियो, १ टेलिभिजन र ३ पत्रपत्रिकाले पुरस्कारका लागि आवेदन दिएका थिए । 

मूल्यांकनका प्रमुख आधारहरूमा संचारमाध्यममा महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन, लैंगिक तथा अपाङ्गमैत्री कार्यालय र पूर्वाधार, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐन लगायत सरकारी नियमको पालना, र प्रशिक्षण फेलोसिपमा महिला लगायतलाई अवसर रहेका थिए । महासंघले चार सदस्यीय मूल्यांकन समितिमार्फत् प्राप्त आवेदकहरूको मूल्यांकन गरेको थियो । 

रेडियो टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण र कार्यान्वयन, महिला तथा सीमान्तकृत समुदायका पत्रकारहरूको सहभागिता, सुरक्षित कार्य वातावरण, र समग्र मिडिया क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अवार्ड वितरण गरिएको महासंघले जनाएको छ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८