पत्रकार महासंघको 'बेस्ट मिडिया अवार्ड' का लागि आवेदन आह्वान

पत्रकार महासंघको 'बेस्ट मिडिया अवार्ड' का लागि आवेदन आह्वान

  • बैशाख ४, २०८२ बिहीबार १४:१७

नेपाल पत्रकार महासंघले समावेशी, सुरक्षित र सम्मानपूर्वक काम गर्ने वातावरण प्रदान गर्ने सञ्चारमाध्यमहरूलाई प्रोत्साहित गर्न सर्वोत्कृष्ट सञ्चारमाध्यम अवार्ड (Best Media Award) का लागि आवेदन आह्वान गरेको छ । 

युरोपियन युनियनको आर्थिक सहयोगमा इन्टरनेशनल अलर्ट, नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह नेपाल तथा एकाउन्टेबिलिटी ल्याब नेपालको संयुक्त पहलमा सञ्चालित "Strengthening Democracy: Voice, Civic Engagement, and Accountability" परियोजना अन्तर्गत अवार्ड प्रदान गरिन लागेको महासंघले जनाएको छ । 

महासंघका अनुसार यो अवार्ड नेपाली सञ्चारमाध्यमहरूमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्धन गर्न थालिएको पहल हो । नेपाली मिडिया क्षेत्रमा महिला तथा सीमान्तकृत समूहका पत्रकारहरूको सहभागिता बढाउन र तिनका लागि सुरक्षित ढङ्गले काम गर्ने वातावरण निर्माण गर्न संचारमाध्यमहरूले गरेका उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्न अवार्ड सुरु गरिएको महासंघको सूचनामा उल्लेख छ । 

अवार्डका लागि आवेदन गर्ने सञ्चारमाध्यमहरूको मूल्यांकनका लागि महासंघले विभिन्न सूचकहरू तय गरेको छ । लैंगिक तथा सामाजिक समावेशीकरण नीतिको निर्माण र कार्यान्वयन, महिला र सीमान्तकृत समुदायका मुद्धालाई प्राथमिकताका साथ प्रकाशन/प्रसारण, समाचार कक्षमा महिला पत्रकारहरूको सहभागिता लगायतका मापदण्ड तोकिएको छ ।

यस्तै संचारमाध्यमको व्यवस्थापकीय नेतृत्त्व तहमा महिलाको उपस्थिति, लैङ्गिक हिंसा र दुर्व्यवहारका घटनामा गुनासो व्यवस्थापन संयन्त्रको निर्माण र कार्यान्वयन, महिला र सीमान्तकृत कर्मचारीहरूका लागि विशेष सुविधाहरू र क्षमता अभिवृद्धिका अवसरहरू, अपाङ्गमैत्री कार्य वातावरण र पत्रकार सुरक्षाका लागि अपनाइएका उपायहरूका आधारमा उत्कृष्ट सञ्चार माध्यम छानिने महासंघले जनाएको छ । 

इच्छुक संचारमाध्यमहरूले अनलाइन फारम भरेर आवेदन दिन सक्नेछन् । आवेदनसँगै दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र, GESI नीतिहरू र अन्य सान्दर्भिक प्रमाणहरू अपलोड गर्नुपर्नेछ ।

आवेदन दिने अन्तिम मिति २०८२ वैशाख १२ गते (अप्रिल २५, २०२५) तोकिएको छ । अवार्ड वितरण विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा २०८२ वैशाख २० गते (मे ३, २०२५) मा हुने महासंघले जनाएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८