सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थीको नेतृत्त्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका हुन् ।
सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन् ।
शनिबार काठमाडौंमा भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याइन् भने उनका निकटतम प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् । उपाध्यक्षमा बसन्ती बास्तोलाले १२८ मत ल्याउँदा उनकी प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् ।
सचिवमा उर्बशी बस्न्यातले १०७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी नुनुता राईले १०३ मत पाइन् ।
कोषाध्यक्षमा साजना तामाङले १२० मत ल्याउँदा प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन् ।
सन् १९९६ मा स्थापित सञ्चारिका समूह नेपाल (SASN) महिला पत्रकार र सञ्चारकर्मीहरूको संस्था हो । पत्रकार महिलाको हित र सशक्तिकरणका क्षेत्रमा क्रियाशील यो संस्थामा हाल देशभरका करिब १,२०० महिला पत्रकार आबद्ध छन् । देशका सातै प्रदेशमा यसका सञ्जालहरू सक्रिय छन् भने जिल्लाहरूमा पनि यसका कार्यसमिति छन् ।
सञ्चारिकाको नवौँ महाधिवेशन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।