प्रेस सेन्टरको नेतृत्त्व चयन पहिलो पटक निर्वाचनबाट, अध्यक्षमा कमल गिरी विजयी

प्रेस सेन्टरको नेतृत्त्व चयन पहिलो पटक निर्वाचनबाट, अध्यक्षमा कमल गिरी विजयी

  • चैत्र १७, २०८१ सोमबार १६:१७

नेकपा (माओवादी केन्द्र) निटक पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । प्रेस सेन्टरको इतिहासमा पहिलो पटक नेतृत्त्व चयन निर्वाचन प्रक्रियाबाट भएको हो । 

कमल गिरीले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्र रावललाई १९१ मतको अन्तरले पराजित गरे । गिरीले ३६६ मत प्राप्त गरेका थिए भने रावलले १७५ मत पाए । 

वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन् । उनले सुदिप बर्देवालाई २८६ मतको फराकिलो अन्तरले हराए । अधिकारीले ३९७ मत प्राप्त गरेका थिए भने बर्देवाले १११ मत पाए ।

उपाध्यक्ष पदहरूमा पाँच जना निर्विरोध निर्वाचित भए । खुला कोटामा रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, महिला उपाध्यक्षमा शान्ता अधिकारी र समावेशी कोटाको उपाध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध चयन भए ।

महासचिवमा मनोज घर्तीमगरले दीपेन्द्र शर्मामाथि २३१ मतको अन्तरले विजयी भए । घर्तीमगरले ३७९ मत प्राप्त गरेका थिए भने शर्माले १४८ मत पाए ।

उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेल जम्मा ९ मतको अन्तरले बोमलाल गिरीलाई हराउँदै निर्वाचित भए । अन्य उपमहासचिव पदहरूमा महिला कोटाबाट लक्ष्मी आचार्य, दलित कोटाबाट हरिश विक, मधेशी कोटाबाट अनिल मिश्र र आदिवासी जनजाति कोटाबाट बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए ।

सचिवहरूमा खुला कोटाबाट सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिला कोटाबाट अञ्जली थापा र समावेशी कोटाबाट अवतार राई निर्वाचित भए । प्रदेश अनुसारका सचिवहरूमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेशबाट सुनिता बराल, बागमतीबाट मीनकुमार दाहाल, गण्डकीबाट दीपक भट्टराई, लुम्बिनीबाट मानसिंह विक, कर्णालीबाट गाणेशकञ्चन भारती र सुदूरपश्चिमबाट राजेन्द्र अवस्थी निर्विरोध निर्वाचित भए । यसका साथै उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठान प्रदेशबाट केशव भुल र एसोसियट प्रदेशबाट नन्दलाल तिवारी पनि निर्विरोध चयन भए ।

कोषाध्यक्षमा वसन्त गिरीले डा. डक्टप्रसाद धिताललाई १४८ मतको अन्तरले पराजित गरे । गिरीले ३३५ मत प्राप्त गरेका थिए भने धितालले १८७ मत पाए ।

प्रेस सेन्टरको २९ जना पदाधिकारीमध्ये १२ पदमा प्रतिस्पर्धा भएको थियो भने १७ जना निर्विरोध निर्वाचित भए । लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई तथा अनुशासन समितिको संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध चयन भए।

प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार गरेका थिए। 

प्रेस सेन्टर नेपालको आयोजक समिति, प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष, प्रतिनिधि र बाह्य मोर्चाका गरेर ८२१ जना प्रतिनिधि रहेकोमा ६७ प्रतिशत अर्थात् ५५१ मत खसेको थियो ।

Press-center-2-1536x1043.jpgPress-center-1-1536x753.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८