प्रेस चौतारीको अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए, मताधिकार खोसिएपछि रुँदै बाहिरिए प्रतिनिधि

प्रेस चौतारीको अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए, मताधिकार खोसिएपछि रुँदै बाहिरिए प्रतिनिधि

प्रेस चौतारीको अध्यक्ष चयन भएका गणेश पाण्डे र हिरामान लामा । तस्बिरहरू उनीहरूका फेसबुकबाट लिइएको हो ।
  • चैत्र ११, २०८१ मंगलबार ०२:२३

सत्तारुढ नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डे चयन भएका छन् । चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् भने उपाध्यक्षमा चेतन अधिकारी चयन भएका छन् ।

विराटनगरमा जारी महाधिवेशनमा लोकतान्त्रिक प्रक्रिया विपरीत प्रतिस्पर्धामा जान नदिई नयाँ नेतृत्व घोषणा गरिएको हो ।

महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीनिकट संगठनबाट हालै चौतारीमा फर्किएकी कृपा भण्डारीलाई नियुक्त गरिएको छ । निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् । पूर्ण सूचि प्राप्त भइसकेको छैन । 

महाधिवेशनमा अध्यक्ष पदका दावेदार राजेश राई लगायतका टोलीलाई निर्वाचनमा सहभागी हुनबाट जबरजस्ती रोकिएको थियो । निर्वाचन आयोगले उनीहरूलाई उम्मेदवारी दर्ताका लागि फारम नै उपलब्ध नगराएको राईले बताए । प्रेस चौतारीमा चुनाव वा टिके प्रथा? प्रेस चौतारीमा चुनाव वा टिके प्रथा? "हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरंकुशता अरु के हुन्छ होला ?" निर्वाचनबाट वञ्चित राईले प्रतिक्रिया दिए ।

एकै दिनमा उम्मेदवारी दर्तादेखि परिणाम घोषणासम्म

krishna bahab journalist.jpg

निर्वाचन आयोगले सोमबार जारी गरेको निर्वाचन तालिकामा मतदानको समय नै तोकिएको थिएन । निर्वाचन परिणाम घोषणाको समय दिउँसो ४:३० बजेका लागि तोकिएको थियो तर मतदानको कार्यक्रम नै तालिकामा समावेश गरिएको थिएन ।

निर्वाचन आयोगले एमालेका जनवर्गीय संगठनहरूका संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको सूचीका उम्मेदवारलाई मात्रै मनोनयन फारम उपलब्ध गराएको प्रतिनिधिहरूले जानकारी दिएका छन् ।

यसअघि राईलाई अध्यक्ष बनाउने निर्णयसहित पाण्डेलाई एमाले प्रचार विभागको सचिव बनाइएको थियो । तर अन्तिम समयमा एमालेको उक्त निर्णय उल्टिएर पुनः पाण्डेलाई एमालेले चौतारीको अध्यक्षका रुपमा अघि सारेको थियो ।

प्रतिनिधिहरू रुँदै बाहिरिए

चौतारीमा नयाँ नेतृत्व चयनको लागि निर्वाचनको माग गर्दै आएका प्रतिनिधिहरू टिका प्रथाको विरोध गर्दै रुँदै हलबाट बाहिरिएका छन् । अन्तिममा राईलाई बन्द सत्रमा बोल्न दिइएको थियो ।

प्रेस चौतारीमा निर्वाचन नै नगरी बिजेता घोषणा गरिँदै, राजेशले फारम पनि पाएनन् प्रेस चौतारीमा निर्वाचन नै नगरी बिजेता घोषणा गरिँदै, राजेशले फारम पनि पाएनन्

"हरेक सदस्यले जित्दै गर्दा अब माथितिर होइन, आधारतिर फर्किने दिन आउने छ। माथि धाउँदा होइन, जनताको बीचमा जाँदा पार्टी र संगठन बलियो हुनेछ," उनले भनेका थिए । आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दा विभिन्न प्रहार भएको भन्दै उनले भावुक भाषण गरेका थिए । त्यसपछि बाहिरिएका चौतारीका केही प्रतिनिधिलाई अँगालो हाल्दै राई आफू पनि रोएका थिए ।

निर्वाचन प्रक्रियामा भएको यस्तो हस्तक्षेपले पत्रकारहरूको संगठनमा ठूलो असन्तुष्टि र आक्रोश जन्माएको छ । विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिहरूले 'टिका प्रथा'को खुलेआम विरोध गरेका छन् ।

चौतारीका संस्थापक सदस्य समेत रहेका पत्रकार बालकुमार नेपालले पहिलो पटक आफैले स्थापना गरेको चौतारीको निर्वाचन शैलीमाथि कानुनी उपचारका लागि अदालत जाने नेतृत्व गर्न तयार भएको उल्लेख गरेका छन्।

चौतारीका नेता माधव तिवारीले सामाजिक सञ्जालमा तीव्र आक्रोश पोख्दै लेखेका छन्, "देशभरका श्रमजीवी पत्रकार विराटनगर बोलाएर लामखुट्टेले टोकाइ टोकाइ लुट्नु भन्दा सर्कुलर मार्फत प्रेस चौतारी गठन गरेको भए राम्रो हुन्थ्यो। प्रतिनिधि, लेवी र उम्मेदवारीका नाममा तोकिएका शुल्क अस्वभाविक छन् । नेतृत्वका नाममा भित्तामा टाँसिन लाग्नुभएका सम्पूर्ण टिकारामज्यूहरूमा हार्दिक बधाई।"

प्रेस चौतारीका कोशी प्रदेश सदस्य पुष्पराज थपलियाले प्रतिनिधिहरुलाई भेडाबाख्रा जस्तो व्यवहार गरिएको आरोप लगाए । "यसरी नेता चुनिनु थियो भने किन भेला गरेको? हजारौं रुपैयाँ खर्च गरेर बोलाउने, प्रतिनिधिहरुलाई पनि रकम तिराउने अनि मताधिकार दिने बेलामा चाहिँ रोक्ने?" उनले आक्रोश व्यक्त गर्दै भने, "नेतृत्व चयन अलोकतान्त्रिक भयो। यो सच्याउन जरुरी छ।"

प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य किशोर बुढाथोकीले पनि असन्तुष्टि जनाउँदै भने, "गोजीका मान्छेको संरक्षण गर्ने चक्करमा प्रतिनिधिको भावना नबुझ्ने, मताधिकारबाट वञ्चित गर्ने, प्रतिनिधिलाई रुवाउने। यो त अति भयो।"


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८