सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बन्यो मिडिया एक्सन नेपाल

सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बन्यो मिडिया एक्सन नेपाल

  • चैत्र ३, २०८१ सोमबार ००:०३

मिडिया एक्सन नेपाल आधिकारिक रूपमा सूचना तथा लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरुको  सञ्जाल 'कोलिसन अन इन्फर्मेसन एंड डेमोक्रेसी' मा सामेल भएको छ ।

सन् २०२१ मा 'फोरम अन इन्फर्मेसन एंड डेमोक्रेसी 'एफआइडि' को नेतृत्वमा स्थापना भएको यस सञ्जालले मिडिया एक्सन नेपालसहित विश्वभरका ६५ वटा नागरिक संस्थाहरूलाई सामेल गरको हो । 

नेपालबाट सञ्जालमा प्रवेश गर्ने पहिलो नागरिक संस्थाको रूपमा मिडिया एक्सन नेपाललाई स्वागत गर्दै सञ्जाल तथा एफआइडिका  कार्यकारी निर्देशक क्यामिली ग्रेनियरले खुसी व्यक्त गरे । 

"हामी सूचना तथा लोकतन्त्रको लागि गठित सञ्जालमा मिडिया एक्सन नेपाललाई स्वागत गर्न पाउँदा खुसी छौं," ग्रेनियरले भने, "अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्तिको अधिकार प्रवर्द्धन गर्ने मिडिया एक्सन नेपालको  प्रतिबद्धता, विश्वव्यापी सूचना तथा सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपायहरू कार्यान्वयनका लागि हाम्रो सामूहिक प्रयाससँग मेल खान्छ।" हामी सँगसँगै लोकतान्त्रिक मूल्यहरूलाई प्रवर्द्धन गर्न तथा विश्वभर सूचना अखण्डताको रक्षा गर्न निरन्तर लागिरहनेछौं ।"

सञ्जालको सदस्य भएपछि मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले लोकतन्त्र र सूचना अखण्डतासम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई थप समृद्ध बनाउने बताए ।

"मिडिया विकासलाई प्रवर्द्धन गर्ने र प्रेस स्वतन्त्रताको रक्षा गर्ने गहिरो प्रतिबद्धता बोकेको संस्थाका रूपमा हामी यस विश्वव्यापी सञ्जालमा सामेल हुन पाउँदा सम्मानित महसुस गरेका छौं," कार्यकार निर्देशक पन्तले भने, "नेपाल र दक्षिण एसियाबाट हाम्रा अनुभव तथा दृष्टिकोणले लोकतन्त्र र सूचना अखण्डतासम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई थप समृद्ध बनाउनेछ ।"

मिडिया विकास तथा प्रेस स्वतन्त्रतासम्बन्धी विभिन्न  पहलहरूको नेतृत्व गर्दै आएको मिडिया एक्सन नेपाल  मिडिया फ्रीडम कोलिसन -कन्सलटेटिभ  नेटवर्क, आकोस अलाइन्स तथा ग्लोबल फोरम फर मिडिया डेभलपमेन्ट जस्ता विश्वव्यापी सञ्चार विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा सक्रिय सञ्जालहरुको सदस्य हो ।  

सन् २०२२ देखि २०२४ सम्म यस संस्थाका सस्थापक तथा कार्यकारी निर्देशक पन्तले मिडिया फ्रीडम कोलिसन -कन्सलटेटिभ  नेटवर्कमा निर्वाचित सह-अध्यक्षका  रूपमा प्रेस स्वतन्त्रको  विश्वव्यापी प्रयासमा उल्लेखनीय योगदान पुर्याइसकेका छन् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८