काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा प्रख्यात फोटोग्राफर किशोर कायस्थको विशेष फोटो प्रदर्शनी जारी छ। दुई दशकको अवधिमा खिचिएका ३० वटा पानोरामिक तस्विरहरूले मुस्ताङको मनमोहक भू-दृश्य, समृद्ध इतिहास र सांस्कृतिक रहस्यमयतालाई प्रस्तुत गरेका छन्।
२० वर्ष अघि सुरु भएको यो यात्रालाई कायस्थले आफ्नो आध्यात्मिक यात्राको रूपमा लिएका छन्। भौगोलिक चुनौतीहरूको सामना गर्दै उनले खिचेका यी तस्विरहरूले मुस्ताङको अनौठो सौन्दर्यलाई जीवन्त पारेका छन्। एक दृष्टिविहीन विदेशी पर्यटकसँगको भेटले उनलाई यो प्रोजेक्ट गर्न प्रेरित गरेको थियो।
गहेन्द्र धिमाल फाउन्डेसन र अमेरिकी दूतावासको सहकार्यमा आयोजित यो प्रदर्शनी माघ १ गतेसम्म चल्नेछ।
मिडियाकुराकानीले तयार पारेको यो भिडियो हेर्नुहोस् ।