गणतन्त्र दिवस २०८१ अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले केन्द्रीय कार्यालय भद्रकालीमा फोटो प्रदर्शनी गरिरहेको छ । सातै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधार देखाउने ९० वटा तस्बिर प्रदर्शनीमा राखिएको छ ।
गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षक दिएर भइरहेको फोटो प्रदर्शनी जेठ महिनाभर चल्नेछ । नेपालमा गणतन्त्र आएपश्चात जनअपेक्षाअनुसार विकास नभएको गुनासो सुन्न पाइन्छ ।
प्रदर्शनीमा राखिएका तस्बिरहरूले २०६२ सालयता निर्माण भएका पूर्वाधारहरूको कथा भन्ने राससका महाप्रबन्धक सिद्धराज राईको भनाई छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस २०८१ का दिन प्रदर्शनीको उद्घाटन जेठ १० गते गरेकी थिइन् । यसअघि गत वर्ष राससले गणतन्त्र दिवसकै दिन ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।
हेर्नुस् भिडियोः