राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गोरखापत्र संस्थानले पुराना तस्बिरहरूको प्रदर्शनी गरिरहेको छ । काठमाडौंको धर्मपथस्थित संस्थानको मुख्यालयमा जारी प्रदर्शनी वैशाख २३ गतेसम्म चल्नेछ । प्रदर्शनीमा २०३० देखि २०६० सालसम्म गोरखापत्रका फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिरको अवलोकन गर्न सकिनेछ । सामाजिक परिवेश, जनजीवन, रहनसहन, ऐतिहासिक घटनाक्रमसँग सम्बन्धित तस्बिर प्रदर्शनीमा राखिएको छ । क्यामरा र तस्बिरसँग सम्बन्धित अन्य उपकरण पनि प्रदर्शनमा राखिएको छ । इच्छुक जोकोहीले प्रदर्शनीको अवलोकन गर्न सकिने छ । आउनुस्, हामी तपाईँलाई प्रदर्शनी घुमाउँछौँ ।