सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को अध्यक्षमा महेन्द्र विष्ट नियुक्त

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को अध्यक्षमा महेन्द्र विष्ट नियुक्त

नवनियुक्त अध्यक्ष विष्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
  • पौष २, २०८१ मंगलबार १४:३२

सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) को सञ्चालक समितिको कार्यकारी अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विष्टलाई पीएसबीको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त कार्यकारी अध्यक्ष विष्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले विष्ट सहित १० जनाको नाम सिफारिस गरेको थियो ।

समितिले विष्टसहित दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो ।

डा. महेन्द्र विष्टले नेपाल पत्रकार महासंघको अध्यक्ष, नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८