रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनाउन लागिएको पिएसबीको अध्यक्ष पदमा आवेदन खुला

रेडियो नेपाल र नेपाल टेलिभिजन गाभेर बनाउन लागिएको पिएसबीको अध्यक्ष पदमा आवेदन खुला

  • मंसिर २, २०८१ आइतबार ०२:२५

सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । शनिवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । 

सार्वजनिक सेवा प्रसारण ऐन, २०७६ र सोसँग सम्बन्धित नियमावलीअनुसार योग्य उम्मेदवारको छनोट गर्न उक्त पदका लागि आवेदन माग गरेको हो । 

इच्छुक उम्मेदवारले सञ्चार, पत्रकारिता, व्यवस्थापन वा सम्बन्धित क्षेत्रसँग सम्बन्धित १० वर्षको अनुभवका साथ स्नातक तह उर्तीण गरेको हुनुपर्नेछ । साथै, सार्वजनिक प्रसारण प्रणाली, डिजिटल प्लेटफर्म, र संस्थागत व्यवस्थापनमा गहिरो ज्ञान भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

आवेदनका आवश्यक कागजात र प्रक्रिया:

  • ऐनको दफा ९ अनुसार तयार गरेको आवेदन फारम
  • नागरिकता प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि ।
  • ४,००० शब्दभित्र आफ्नो योग्यता, कार्ययोजना र दृष्टिकोण समावेश गरिएको व्यक्तिगत निवेदन ।
  • सिफारिसपत्र तथा व्यावसायिक अनुभव प्रमाणपत्र ।
  • दुई प्रतिमा पासपोर्ट साइजको हालसालै खिचिएको फोटो ।
  • ऐन, २०७६ अनुसार उमेर तथा योग्यतासम्बन्धी स्वघोषणा ।

मन्त्रालयका अनुसार, आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हुनेछ । ढिला तथा अपूर्ण आवेदन अस्वीकृत गरिनेछ ।

छनोट प्रक्रिया पारदर्शी र मेरिटका आधारमा गरिने मन्त्रालयले स्पष्ट पारेको छ । योग्य उम्मेदवारको छनोटका लागि गठन गरिएको समितिले प्राप्त आवेदनहरूको गहिरो मूल्याङ्कन गर्नेछ । थप जानकारीका लागि मन्त्रालयको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । 

हेर्नुहोस् सुचना:

Ministry of Communication.jpeg

 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८