रिपब्लिका अंग्रेजी दैनिकको प्रधान सम्पादकमा प्रकाश रिमाल नियुक्त

रिपब्लिका अंग्रेजी दैनिकको प्रधान सम्पादकमा प्रकाश रिमाल नियुक्त

  • कार्तिक २, २०८१ शुक्रबार ०१:५९

नेपाल रिपब्लिक मिडिया लिमिटेडले रिपब्लिका दैनिकको प्रधान सम्पादकमा प्रकाश रिमाललाई नियुक्त गरेको छ । रिमालले असोज ३० गते बुधबारदेखि रिपब्लिक मिडियाको अंग्रेजी दैनिकको प्रधान सम्पादकको कार्यभार सम्हालेका हुन् । 

रिपब्लिक मिडियाले भने औपचारिक रुपमा यसको घोषणा गरिसकेको छैन । रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले कतिपय कानुनी प्रक्रियाहरू बाँकी नै रहेकाले प्रधान सम्पादक नियुक्तिको घोषणा नगरिएको प्रतिक्रिया दिइन् ।

"हामी पब्लिक लिमिटेड कम्पनी भएकाले कतिपय कानुनी प्रक्रियाहरू बाँकी छन्", ज्ञवालीले भनिन्, "बाँकी प्रक्रियाहरू सकिएलगत्तै हामी औपचारिक घोषणा गर्छौँ ।"

रिमालले पनि कतिपय प्रक्रियाले औपचारिकता पाउन बाँकी रहेको जानकारी दिए । रिपब्लिका दैनिक कोभिड महाव्याधिपछि २०७७ वैशाख ४ गतेदेखि इपेपरमा र अनलाइन संस्करणमा सीमित छ । 

बिहीबारको इपेपरको प्रिन्टलाइनमा भने सम्पादकमा कोशराज कोइरालाकै नाम छ ।  रिमाल नियुक्तिकै सुरुका दिन नेपाल रिपब्लिक मिडिया लिमिटेड र न्युयोर्क टाइम्सबीच संयुक्त डिजिटल सब्स्क्रिप्सन घोषणा कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगै मञ्चमा देखा परेका थिए । 

gunaraj luitel and prakash rimal.jpg

रिमाल यसअघि नेपालमिनटका सम्पादक थिए । तीन दशकदेखि नेपालका ठूला समाचार कक्षमा सम्पादकीय नेतृत्त्वमा रहेका रिमालसँग द हिमालयन टाइम्स अंग्रेजी दैनिक, द काठमान्डू पोस्ट, कान्तिपुर एफएम आदिमा काम गरेको अनुभव छ । उनले सन् १९८८ मा स्पार्क म्यागेजिनमा रिपोर्टरबाट पत्रकारिता करिअर सुरु गरेका थिए । त्यसपछि उनले लामो समय द राइजिङ नेपालमा पनि काम गरे । 

के अब रिपब्लिकाको छापा पनि पुनः सुचारु हुन्छ ? रिमालले तत्काल केही भन्न नसकिने बताए । "वित्तीय अवस्था, टिम सबैकुराको व्यवस्थापन गर्नुपर्ने हु्न्छ", रिमालले मिडिया कुराकानीसँग भने, "अहिले केही भनिहाल्न सकिन्न ।" 

सिइओ ज्ञवालीले रिपब्लिका दैनिक अहिले पनि न्युयोर्क टाइम्ससँगै कम्प्लिमेन्ट्रीका रुपमा ४ पृष्ठ प्रकाशित भइरहेको जानकारी दिइन् । "चार पृष्ठलाई नियमित ८ वा १२ पृष्ठ बनाउने नबनाउने कुरा कन्टेन्टमा भर पर्छ, हामी निर्णयमा पुगिसकेका छैनौँ", उनले भनिन् । 

नेपाल रिपब्लिक मिडियाले सन् १७ अक्टोबर २०१४ देखि न्युयोर्क टाइम्स पनि प्रकाशन गरी वितरण गर्दै आएको छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८