यी हुन्  प्रेस काउन्सिल नेपालबाट पुरस्कृत हुने सञ्चारकर्मी

यी हुन्  प्रेस काउन्सिल नेपालबाट पुरस्कृत हुने सञ्चारकर्मी

  • आश्विन ७, २०८१ सोमबार ०३:४१

प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकार समाचार कक्षलाई परस्कार प्रदान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा काउन्सिलले पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।  

राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको समुपस्थितिमा राष्ट्रपति भवनमा रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

काउन्सिलले आइतबार सुचना जारी गर्दै विभिन्न विधामा पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । 

कसले कुन विधामा पुरस्कार पाए ?

काउन्सिलले रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार बद्री सिग्देललाई प्रदान गरेको छ । त्यस्तै रु ५० हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ रातोपाटी डटकमलाई प्रदान गरिएको छ । 

त्यसैगरी रु २० हजार राशिको ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ सञ्चारकर्मी होम कार्की (काठमाडौँ), प्रकाश तिमिल्सिना (काठमाडौँ), श्याम श्रेष्ठ (केएमजी ग्रुप) (काठमाडौँ), शिवराज भट्ट (कैलाली) र लीलाराज भट्टराई (सुनसरी) लाई प्रदान गरिएको छ । 
    
‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ दुर्गा खनाल (कान्तिपुर), कृष्णा पौडेल (काठमाडौँ), दीपक रिजाल (काठमाडौँ), रोशन श्रेष्ठ (काठमाडौँ), खडकबहादुर श्रेष्ठ (प्रताप) (पर्सा), प्रकाशचन्द्र भट्टराई (तनहुँ), दिलीप पौडेल (बाग्लुङ), ध्रुव सुवेदी (भोजपुर), रमेश तिवारी (झापा), शन्तराम विडारी (काठमाडौँ), राजेन्द्र कार्की (जाजरकोट), लक्ष्मण तिवारी (कञ्चनपुर), भरतराज विष्ट (कालिकोट) र सविन प्रियासन थारू (दाङ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु जनही १२ हजार रहेको छ ।

रु दश हजार राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ आश गुरुङ (लमजुङ), सङ्गीता तिमिल्सिना (बाजुरा(, पुष्प बराल (झापा(, भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रवीर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी) र मुकुन्द भण्डारी (रेडियो नेपाल) लाई प्रदान गरिएको छ । 

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले (स्याङ्जा) र ईन्दिरा अर्याल (पाल्पा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । 

यो वर्षको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी), वीणा श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ । 

जनही रु दश हजार राशिको ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’ निरजराज जोशी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र कार्की (फोटो पत्रकार), भागवत भट्टराई (काठमाडौं), अखिल सिटौला (काठमाडौँ) र प्रकाश आचार्य (बुटवल) लाई प्रदान गरिएको छ । 

त्यसैगरी, रु दश हजार राशिको ‘प्रेस काउन्सिल साहित्यिक पुरस्कार’ र ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ क्रमशः हाम्रो पुरुषार्थ (साहित्यिक पत्रकार) र नेपाल भाषा, नपेन्द्रलाल श्रेष्ठ (लहान साप्ताहिक) ले प्राप्त गरेको छ ।

त्यस अवसरमा पत्रकारहरु ज्ञान उदास, देवेन्द्र चुडाल, केदारबाबु तिवारी, चित्राङ्ग थापा, बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्सिद आलम, विष्णुप्रसाद सुवेदी, बोधराज त्रिपाठी, बालकुमार नेपाल, प्रमोदकुमार सिंह, ईश्वरी वाग्ले, ईश्वरीप्रसाद काफ्ले र जन्मदेव जैसीलाई सम्मानित भएका थिए ।  



Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८