पत्रकार महासंघको सदस्यता नामावलीमा ५२ जिल्ला अध्यक्षको आपत्ति

पत्रकार महासंघको सदस्यता नामावलीमा ५२ जिल्ला अध्यक्षको आपत्ति

  • भाद्र ३१, २०८१ सोमबार २०:४४

नेपाल पत्रकार महासंघको असोज १२ गते तोकिएको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीमा आपत्ति जनाउने जिल्ला अध्यक्षहरूको संख्या ५२ पुगेको छ ।

३२ जिल्लाका अध्यक्षहरूले आइतबार नै संयुक्त विज्ञप्ति निकालेर सदस्यता नामावलीमा अनियमिता भएको आरोप लगाएका थिए । 

५२ जिल्लाका अध्यक्षहरूले भदौ २९ गते प्रकाशित नामावलीमा अनियमितता र विधान विपरीतका कार्यहरू भएको आरोप लगाएका छन् ।

जिल्ला अध्यक्षहरूले केन्द्रीय अध्यक्ष विपुल पोखरेललाई सदस्यताकै बहानामा राजीनामा दिन बाध्य पारिएको आरोप लगाएका छन् । राजीनामा स्वीकृत गरी उनकै हस्ताक्षरसहितको नामावली प्रकाशन गर्नु महासंघको विधिविधान विपरीत भएको उनीहरूको तर्क छ । 

महासंघको विधान अनुसार सदस्यता वितरण र नवीकरण प्रक्रियामा शाखाको सिफारिस, प्रदेशको अनुमोदन र केन्द्रको अभिलेखीकरण हुनुपर्ने व्यवस्था रहेकोमा सो प्रक्रिया पालना नगरी नामावली प्रकाशन गरिएको उनीहरूको भनाई छ । 

यस्तै, पछिल्लोपटक सार्वजनिक गरिएको सदस्यता नामावलीमा थप भएका सदस्यहरूको नाम महासंघ केन्द्र आफैंले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ को विपरीत रहेको उनीहरूको दाबी छ।

जिल्ला शाखाको निर्णयलाई पूरै बेवास्ता गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरीत पटक-पटक नाम थपिएको उनीहरूको आरोप छ । 

अध्यक्षहरूले सदस्यता नामावलीमा गरिएको अनियमितता नसच्याएसम्म जिल्ला स्तरमा निर्वाचन प्रक्रिया अघि नबढाउने चेतावनी दिएका छन्। साथै, समस्या समाधानका लागि जिल्ला र प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला बोलाउन उनीहरूले सुझाव दिएका छन् ।

समाजवादी प्रेस संगठनको पनि आपत्ति

त्यस्तै समाजवादी प्रेस संगठनले पनि नामावलीप्रति आपत्ति जनाएको छ । सोमबार संगठनका महासचिव रामकुमार एलनले विज्ञप्ति जारी गर्दै गलत नियतका साथ नामहरु हटाउने र थप्ने काम भएको आरोप लगाएका छन् ।

"हालै आएको सदस्यता विवरणमा फेरि पनि विगतमा झैं गलत नियतका साथ नामहरु हटाउने र थप्ने काम भएको छ," जारी विज्ञप्तिमा भनिएको छ, "शुद्धीकरणलाई ‘स्वार्थकरण’ गर्दै पत्रकार महासंघको इतिहास, गरिमा र आदर्शमाथि नै प्रहार गर्ने काम हुँदै आएको छ ।"

महासंघको नयाँ नेतृत्व चयनका लागि चुनाव हुन नसकेर विवाद बढिरहेका बेला भदौ २४ गते अध्यक्ष पोखरेलले राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

जबरजस्ती निर्वाचन प्रक्रिया अघि बढाइए कानुनी उपचारमा जाने चेतावनी उनीहरूले दिएका छन् । पटक पटक मिति घोषणा गर्दा पनि समयमै निर्वाचन गर्न नसकेको महासंघले शनिबार पुन:निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तो छ ५२ जिल्लाको संयुक्त विज्ञप्ति

52-sign.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८