संसदीय मामिला पत्रकार समाजकाे साताैं अधिवेशनलले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनबाट समाजको अध्यक्षमा सञ्जीव बगाले (सेतोपाटी) निर्वाचित भएका छन् ।
समाजको चैत १४ गते शनिबार सम्पन्न निर्वाचनले बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको खुला उपाध्यक्षमा डिपी उपाध्याय र महिला उपाध्यक्षमा तुलसी सापकोटा (), महासचिव विष्णु खड्का (), खुला सचिव जयसिंह महरा (कान्तिपुर) र समावेशी सचिव दीपेश श्रेष्ठ (नागरिक) तथा कोषाध्यक्षमा सिर्जना घिमिरे () निर्वाचित भए ।
समाजको सातौँ अधिवेशनबाट कार्यसमिति सदस्यमा किरण दहाल (नयाँ पत्रिका), रोशन सापकोटा (), सविता शर्मा (), अंगराज न्यौपाने (), शम्भुु दंगाल (रातोपाटी), आकाश क्षेत्री (इकागज), केशवबहादुर भुल (नेपाल प्रेस) र अमरदीप श्रेष्ठ () दुईवर्षे कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचनमा एक सय ३६ मध्ये एक सय ३४ जनाले मतदान गरेका थिए ।
संसदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाज गैह्रनाफामूलक संस्था हो । यसमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत १३६ जना पत्रकार सदस्य छन् ।