क्यान्सरसँग जुधिरहेका पत्रकार रजेन्द्र केसीको उपचारका लागि सहयोग अभियान

क्यान्सरसँग जुधिरहेका पत्रकार रजेन्द्र केसीको उपचारका लागि सहयोग अभियान

फोटो: नेजाद्वारा सुचारु गरिएको gofundme.comबाट ।
  • श्रावण २०, २०८१ आइतबार १६:३४

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार रजेन्द्र केसीको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ । अमेरिकाको केन्टकीमा क्यान्सरसँग जुध्दै आएका पत्रकार केसीको उपचारमा सहयोगका लागि गोफण्डमी सुरु गरेको हो । 

नेजाका साधारण सदस्य एवं सदस्यता छानबिन तथा सिफारिस समितिका सदस्यसमेत रहेका केसी गत देखि अमेरिकामा Metastatic Malignant Pancreatic Cancer सँग जुधिरहेका छन् ।  

एक महिनादेखि क्यान्सरको उपचार गराइरहेका केसीको हाल केमोथेरापी गर्नुपर्ने भएकाले उपचार खर्चको अभाव हुँदै गएपछि आर्थिक सहयोग संकलन अभियान थालिएको नेजाले जनाएको छ । 

नेजाका अनुसार केसीको उपचारमा श्रीमती साथमै रहनुपर्ने र छोरीको हेरचाह गर्नुपर्ने भएकाले परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर बनेको छ ।

साथै, मासिक किस्तालगायत अन्य विविध खर्चको अभावका कारण केसी परिवारको मानसिक रुपमा समेत अत्यन्तै चिन्तित अवस्थामा पुगेको छ । हालसम्मको बचत सकिएको हुँदा अहिले केसी परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर बन्दै गगएको छ । यही आर्थिक भारले गर्दा केसीले जुन आत्मबलसहित रोगको सामना गर्नुपर्ने हो त्यो झन् कठिन भइरहेको छ ।

नेपालबाट ६ वर्षअघि अमेरिका गएका केसीसँग एक छोरी पनि छन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत बन्द भएको र हालसम्मको बचत पनि उपचारकै क्रममा सकिएपछि उनको सहयोगमा जुटेको नेजाले जनाएको छ । 

"...केसीको प्रतिकूल स्वास्थ्य स्थितिका कारण आम्दानीको स्रोत बन्द भएको छ भने हालसम्मको बचत पनि उपचारकै क्रममा सकिसकेको छ । केसीको उपचारमा उहाँकी जीवनसंगिनी साथमै रहनुपर्ने र छोरीको हेरचाह गर्नुपर्ने भएकाले परिवारका कुनै सदस्यले काम गर्न नसक्दा आर्थिक अवस्था कमजोर बनेको छ," नेजाले भनेको छ, "साथै, मासिक किस्तालगायत अन्य विविध खर्चको अभावका कारण केसी परिवारको मानसिक रुपमा समेत अत्यन्तै चिन्तित अवस्था पुगेको छ ।"

नेजाले सबैलाई सहयोगको अपिल गर्दै  गोफण्डमी सुरु गरेको छ । "तपाईं हाम्रो सहयोगले मात्र केसीलाई मानसिक रुपमा बलियो बनाउन सक्नेछौं । तपाईं हाम्रो थोरै सहयोगले गर्दा उहाँको जीवनमा नयाँ आशा र उत्साह दिन सक्छ," सहयोगको अपिल गर्दै नेजाले भनेको छ, "कृपया, केसीको उपचारलाई सफल बनाई उहाँ र उहाँको परिवारमा नयाँ परिवेश ल्याउनका लागि नेजाले सुरू गरेको गोफण्डमी अभियानलाई यहाँहरूले पूर्ण साथ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।"

केसीलाई गोफण्डमी मार्फत सहयोग गर्न यहाँ क्लिक गर्नुहोस् । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८