अन्नपूर्ण मिडियामा नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त

अन्नपूर्ण मिडियामा नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त

  • श्रावण २, २०८१ बुधबार १५:०४

अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनले साउन २ गतेदेखि बस्नेतलाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो । 

बस्नेत यसअघि कान्तिपुर पब्लिकेसन्स लिमिटेडमा ‘सर्कुलेसन, प्रेस र क्षेत्रीय कार्यालयहरू’ का प्रमुख थिए । पछिल्लो ६ वर्ष उनले कान्तिपुरमा काम गरे । 

१७ वर्षअघि काभ्रे जिल्ला संवाददाता भएर कान्तिपुर दैनिकबाट काम थालेका बस्नेतसँग न्यूज रिपोर्टिङ,सेल्स, डिस्ट्रिब्यूसन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतमा अनुभव छ ।  बस्नेत युथ युनेस्को क्लब यूएसए लगायतका विभिन्न संस्थासँग पनि आबद्ध छन् । 

अन्नपूर्ण पोस्टमा गत बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने  र प्रधान सम्पादक अखण्ड भण्डारी लगायतले नवनियुक्त महाप्रबन्धक बस्नेतलाई स्वागत गरेका थिए ।

बस्नेत कान्तिपुरमा आबद्ध हुनुपूर्व अन्नपूर्णमै कार्यरत थिए । बस्नेतले समय सापेक्ष परिर्वतनलाई आत्मासाथ गर्दै मिडिया उद्योगलाई अगाडि लैजाने प्रयास गर्ने बताए । 

अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्णपोस्ट् डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण सञ्चालित छन् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८