निजी क्षेत्रको पहिलो समाचार एजेन्सी 'न्युज एजेन्सी नेपाल (NAN)' ले क्यामेरा पर्सन, फोटोग्राफर र समाचार उत्पादकसहित ६ वटा पदमा आवेदन आह्वान गरेको छ ।
न्युज एजेन्सी नेपालले क्यामेरा पर्सन २ जना, फोटोग्राफर ३ जना र समाचार उत्पादक (डेस्क) १ जना गरी ६ जना पत्रकारका लागि आवेदन आह्वान गरेको हो ।
इच्छुकले [email protected] मा बायोडाटा वा विगतमा आफूले गरेका कामको संग्रह (पोर्टफोलियो) पठाउनुपर्ने नानले जनाएको छ ।
सबै पदहरू पूर्णकालीन हुन् ।
हेर्नुस् भ्याकेन्सी
