अनलाइन मिडिया दर्ता गर्दा के के चाहिन्छ ? थाहा पाउनुहोस्

अनलाइन मिडिया दर्ता गर्दा के के चाहिन्छ ? थाहा पाउनुहोस्

Image by Gerd Altmann from Pixabay
  • आषाढ ३०, २०८१ शनिबार ०१:२४

अनलाइन सञ्चार माध्यम सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ? हामी तपाईँलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागमा अनलाइन मिडिया कसरी दर्ता हुन्छ भन्ने जानकारी दिँदैछौँ ।  

आवश्यक कागजातहरू के के हुन् ?

अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ अनुसार अनलाइन मिडिया दर्ता गर्नका लागि निम्न कागजात आवश्यक पर्छ ।

१. Domain Name स्पष्ट खुल्ने गरी अनलाइन पत्रिका दर्ता गरिपाउँ भन्ने निवेदन,

२. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, साथै १ वर्ष नाघेका कम्पनीको कम्पनी अध्यावधिक पत्र, Audit Report र शेयर लगत परिवर्तन भएमा सो को विवरणसमेत, 

३. अनलाइन पत्रिका सञ्चालन गर्ने उद्देश्यसहितको कम्पनीको प्रबन्धपत्र र नियमावली, (घरेलु तथा साना उद्योगमा दर्ता भएकोमा समेत अनलाइन पत्रिका सञ्चालन गर्ने उद्देश्य हुनुपर्नेछ) (पत्रिकाको हकमा पत्रिका स्थायी दर्ता प्रमाणपत्र र अनलाइन पत्रिका सन्चालन गर्ने भनी जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र)

४. कम्पनीका सबै सञ्चालनको नागरिकताको प्रतिलिपि

५. कम्पनी सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि (माइन्यूट),

माइन्यूट अन्तर्गत निम्न विषयको निर्णय हुनुपर्छ 

क. Domain name खुल्नेगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय,

ख. दुई वा सो भन्दा बढी सञ्चालक रहेको अवस्थामा एकजनालाई अनलाइनको सञ्चालक तोकिएको निर्णय,

ग. सम्पादक नियुक्तिको निर्णय,

घ. अनलाइनलाई सूचना तथा प्रसारण विभागमा दर्ता गर्ने निर्णय 

६. सम्पादकको नागरिकताको प्रतिलिपि, नियुक्तिपत्र र SLC/SEE देखि Bachelor सम्मका सबै Certificate (Character Certificate सहित) वा यस विभागबाट सम्पादक भनी प्रमाणित गरिएको पत्रको प्रतिलिपी । (नोट: विदेशमा अध्ययन गरेकाको हकमा प्रत्येक तहका लागि नेपाल सरकारबाट मान्यता तथा समकक्षता निर्धारण गरिएको पत्र समावेश गर्नुपर्नेछ)

७. व्यवसायका कारोबारमा छपाई वा विद्युतीयस्वरुप, इन्टरनेटसमेतबाट प्रकाशन (कोड नं. ५८१३-०३) उल्लेख भएको स्थायी लेखा नम्बर/मूल्यअभिवृद्धि कर प्रमाणपत्रको प्रतिलिपि,

८. Public Domain Details (whois.com/godaddy.com) को प्रतिलिपि 

Public Domin Details मा निम्न कुरा अनिवार्य समावेश हुनुपर्छ 
    - Domain Update रहेको देखिनुपर्ने, 
    - Domain को Registrant & Administrative Contact मा Name मा सञ्चालकको नाम, Organization मा कम्पनीको नाम र ठेगाना, फोन नम्बर र इमेल लगायतका विवरण देखिने हुनुपर्नेछ ।

९. अनलाइनको दरबन्दी विवरण, श्रमजीवी विवरण र प्रतिवद्धता पत्र, (नोट: कम्तीमा ३ जना श्रमजीवी र न्यूनतम तलब १७,६२५ हुनुपर्नेछ )

१०. पाँच जनासम्म श्रमजीवी विवरण रहेकोमा खाता विवरण तथा पाँच जना भन्दा बढी श्रमजीवी रहेकोमा बैङ्किङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गरेको प्रमाणित प्रतिलिपि,

नियुक्ति पत्र,दरबन्दी विवरण, प्रतिवद्धता पत्र र खाता विवरण सूचना विभागको वेबसाइटमा भएको नमूना बमोजिम नै हुनुपर्ने छ । 

माथि उल्लेखित कागजातहरू सक्कल भए धेरै राम्रो । यदि प्रतिलिपि कागजात स्क्यान गरेर पठाउनुहुन्छ भने प्रतिलिपि कागजातलाई नोटरी मार्फत प्रमाणित गर्नुपर्ने छ । 

अब लागौँ कसरी दर्ता गर्ने तर्फ ।

Step-1: सूचना विभागको वेबसाइटमा जानुहोस् । 

Step-2: वेबसाइटमा गएर अनलाइन सेवा छनोट गर्नुहोस् । 

Step-3: अनलाइन सेवाभित्र अनलाइन सञ्चारमाध्यम छनोट गर्नुहोस् ।

Step-4: Registration Type मा New Registration छनोट गर्नुहोस् ।

Step-5: सञ्चालकको Photo and Signature Upload गरी Online Form मा Domain and Email बाहेक सबै विवरण नेपालीमा भर्नुहोस् ।

Step-6: आवश्यक कागजातहरूको 2 mb सम्मको pdf file बनाएर तोकिएको स्थानमा अपलोड गर्नुहोस् ।

Step-7: सबै कागजातहरू अपलोड गरी submit गरेपछि Confirmation Number प्राप्त हुन्छ सो number लाई सुरक्षित  राख्नुहोस् ।

यति गर्नुभएपछि तपाईँको कागजात सूचना विभागका अधिकारीले जाँच गर्ने छ । अधिकारीले जाँच गर्दा तपाईँको कागजात नमिलेको खण्डमा Approve हुँदैन । तर Approved भन्ने सूचना आएपछि मात्रै अनलाइनका सञ्चालक २ वटा फोटो लिएर विभागमा अनलाइन दर्ता प्रमाणपत्र लिन जानुपर्छ ।  

यदि तपाईँलाई दर्ताका क्रममा केही समस्या भएमा सूचना विभागको फोन नम्बर ०१-४११२६५२ मा सम्पर्क गर्न सक्नुहुने छ । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८