नेपालकी सोनाम ह्योल्मोले पाइन् प्रतिष्ठित डाजा पत्रकारिता अवार्ड

नेपालकी सोनाम ह्योल्मोले पाइन् प्रतिष्ठित डाजा पत्रकारिता अवार्ड

  • आषाढ १८, २०८१ सोमबार २०:५९

नेपालकी वातावरण पत्रकार सोनाम लामा ह्योल्मो यस वर्षको डेभलपिङ एसिया जर्नलिज्म अवार्ड (DAJA) बाट पुरस्कृत भएकी छन् ।

काठमाडौं र हेलम्बुमा रहेर मोङ्गाबे डटकमका लागि काम गर्दै आएकी ह्याल्मो एसियाली विकास बैंक संस्थान (ADBI) बाट पुरस्कृत भएकी हुन् । सोनामसँगै अन्य मुलुकका ४ जना पत्रकारले सो पुरस्कार पाएका छन् ।

"Indigenous Gurung farmers revive climate-resilient millet in Nepal" स्टोरीका लागि उनी पुरस्कृत भएकी हुन् । वातावरण, आदिवासी अधिकार, जलवायु विज्ञान र संरक्षणको संगमस्थलमा रिपोर्टिङ गर्ने लामा आदिवासी पत्रकार संघ (IJA) की सदस्य पनि हुन् ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्ककी रिपोर्टिङ फेलो समेत रहेकी ह्योल्मोले इन्डिजिनस भोइस, अनलाइनखबर, नेपाली टाइम्सरिपब्लिका लगायतका ‍मिडियामा काम गरिसकेकी छन् । 

रकफेलर फाउन्डेसनको सहयोगमा एसियाली विकास बैंक संस्थान (ADBI)ले प्रत्येक वर्ष बढ्दो जलवायु जोखिमका बीच दिगो विकासलाई अघि बढाउने प्रयास स्वरुप रिपोर्टिङ गर्ने पत्रकारलाई सम्मान गर्दै आएको छ । 

यस वर्ष नेपालकी ह्योल्मोसँगै अन्य ४ जना पत्रकारले सो पुरस्कार पाएका छन् । श्रृलंकाकी दिमथु अत्तानायको 
"Domestic violence is cost of climate change for Sri Lankan women" शीर्षकको स्टोरीले र दिल्लीका अह्मिर खान र द गार्डियनका लागि दक्षिण एसियाली संवाददाता हन्ना इल्सले "‘I trusted him’: human trafficking surges in cyclone-hit east India" शीर्षकमा लेखेको स्टोरीले पुरस्कार पाएका छन् । 

यस्तै पुनेकी दिशा सेठ्ठीले "India’s solar power push delivers an unexpected bonus – empowering rural women"  शीर्षकमा लेखेको समाचार र क्यानेडाका आयुब सिद्दगीको "Amid changing climate, Bangladesh farming groups conserve indigenous rice seeds" शीर्षकको स्टोरीले पुरस्कार पाएको हो । 
 
उनीहरूले जुलाई ८ मा टोकियोमा हुने एक समारोहमा आफ्नो पुरस्कार ग्रहण गर्नेछन्।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८