रिहा भएपछि सिरोहियाको विज्ञप्ति- 'राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्र'

रिहा भएपछि सिरोहियाको विज्ञप्ति- 'राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्र'

  • जेठ १७, २०८१ बिहीबार १५:४०

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आधारभूत अनुसन्धानसमेत नगरी आफूलाई हिरासतमा राख्ने योजनामा संलग्नहरूविरुद्ध  कानुनी उपचारको बाटो खोज्ने बताएका छन् । सिरोहिया नागरिकता कसूरमा ९ दिन प्रहरी हिरासतमा रही बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् ।

“मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ, थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु”, रिहा भएलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै सिरोहियाले भनेका छन्, “तर, प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु ।"

आफू गैरनेपाली रहेको, दुई/तीन थरी नागरिकता रहेको र नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता ‘हल्ला’ फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न उनले चुनौती दिएका छन् । “तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु”, उनले भनेका छन् ।

उनले आफ्नाविरुद्ध जाहेरीदेखि पक्राउसम्मका घटनाक्रमलाई ‘राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्र’ भनेका छन् ।  “मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन”, सिरोहियाले भनेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई फौजदारी कार्यविधि संहिताको दफा १५(१) अनुसार थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने' भन्दै रिहा गरेको हो ।


कैलाश सिरोहिया प्रकरण के हो ? सम्बन्धित सामग्रीहरू पढ्नुहोस् ।



Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८