नागरिकता कसूरको आरोपमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको इकान्तिपुरले लेखेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो ।
इकान्तिपुरले 'सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा [सिरोहिया] पक्राउ परेको' समाचारमा लेखेको छ ।
सिरोहियालाई प्रहरीले काठमाडौंको थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट जेठ ८ गते पक्राउ गरेको थियो ।
कैलाश सिरोहिया प्रकरण के हो ? सम्बन्धित सामग्रीहरू पढ्नुहोस् ।
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
- पक्राउ पूर्जी जारी भएपछि सिरोहियाको दाबीः ‘आफ्नो बेथितिको ढाकछोप गर्न मिडियामाथि प्रतिशोध'
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ
- पत्रकार महासंघले भन्यो- सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण
- कैलाश सिरोहियाको नागरिकता विवादका थाहा पाउनैपर्ने १० प्रसङ्ग
- कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउपछिका तरङ्ग !
- प्रधानमन्त्रीलाई सम्पादकहरूको ध्यानाकर्षण- 'रवि लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागे'
- कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति
- सिरोहिया गिरफ्तारीमा गृहको साथमा रास्वपा, भन्यो- प्रेस स्वतन्त्रता हनन भनेर अपव्याख्या गरियो
- फेसबुक पेजमा नेगेटिभ रिभ्यू बढेपछि मिडियाहरूले लुकाए रेटिङ
- कैलाश सिरोहिया पक्राउबारे बोल्दा त्रुटि भएको भन्दै महजोडीले मागे माफी
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति