पत्रकार गजेन्द्र बुढाथोकीलाई सामाजिक सञ्जालमा चिनियाँ राजदूतको धम्की !

पत्रकार गजेन्द्र बुढाथोकीलाई सामाजिक सञ्जालमा चिनियाँ राजदूतको धम्की !

  • जेठ १६, २०८१ बुधबार १८:३७

टक्सार म्यागेजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई नेपालका लागि चिनियाँ राजदूत छेन् सोङले धम्की दिएका छन् । पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा राजदूत सोङले धम्की दिएका हुन् । 

सामाजिक सञ्जाल 'एक्स'मा पत्रकार बुढाथोकीले दुई दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

सोही पोस्टमा राजदूत सोङले 'अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट' भन्दै मंगलबार राति रिप्लाई गरेका थिए । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफी माग्नुपर्ने माग समेत सोङले गरेका छन् । 

पत्रकार बुढाथोकीले उक्त विमानस्थलका लागि लिईएको ऋणको ब्याज, सेवा शुल्क र शुल्क सहित, कुल खर्च लगभग ५ प्रतिशत हुने अनुमान गरिएको भन्दै लेखेका छन, “मिडिया प्रतिनिधिको हैसियतमा तथ्यलाई वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्नु महत्त्वपूर्ण हुन्छ। म कूटनीतिज्ञ वा नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, त्यसैले राजदूतबाट धम्की असहनीय छ।”


बुढाथोकीले आफूले प्रमाणसहित आफूले म्यागेजिन(टक्सार म्यागजिन)मा प्रकाशित गर्ने पनि बताएका छन् । पोखरा विमानस्थल निर्माण गर्न नेपाल सरकारले चीनको एक्सपोर्ट इम्पोर्ट बैंकबाट आरएमबी १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ ।

बुढाथोकीले धम्की नदिन र आफ्नो सीमामा बस्न पनि राजदूतलाई सुझाव पनि दिएका छन् । "एउटा पत्रकारले लेखेको विषयमा उहाँ जसरी प्रस्तुत हुनुभयो, यो सरासर धम्की हो", बुढाथोकीले मिडिया कुराकानीसँग भने, "एउटा देशको राजदूतले गरेको यो कार्य अमर्यादित छ । यस विषयमा म सप्रमाण लेख्दै पनि छु ।" उनले नेपाल सरकारको आधिकारिक दस्तावेजमा ५ प्रतिशत ब्याज भनिएको भन्दै अर्को ट्‍विट पनि गरेका छन् । 

यस विषयलाई लिएर सामाजिक सञ्जाल तरंगित बनेको छ । राजदूतको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

सामाजिक सञ्जालमा पक्षविपक्ष देखिएपनि अधिकांशले चिनियाँ राजदूतको भनाई कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन्। भारतीय वा अमेरिकी राजदूतले यस्तै गरेको भए के हुन्थ्यो भन्ने प्रश्न समेत कयौँले गरेका छन्।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८