जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नागरिकता दुरुपयोगको आरोपमा पक्राउ परेका सिरोहियालाई न्यायधीश यदुराज शर्माको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतम धनुषाका सुचना अधिकारी डम्बर प्रसाद घिमिरेले जानकारी दिए ।
गत जेठ ८ गते प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो ।
सिरोहियाविरुद्ध वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
कैलाश सिरोहिया प्रकरण के हो ? सम्बन्धित सामग्रीहरू पढ्नुहोस् ।
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी
- पक्राउ पूर्जी जारी भएपछि सिरोहियाको दाबीः ‘आफ्नो बेथितिको ढाकछोप गर्न मिडियामाथि प्रतिशोध'
- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ
- पत्रकार महासंघले भन्यो- सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण
- कैलाश सिरोहियाको नागरिकता विवादका थाहा पाउनैपर्ने १० प्रसङ्ग
- कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउपछिका तरङ्ग !
- प्रधानमन्त्रीलाई सम्पादकहरूको ध्यानाकर्षण- 'रवि लामिछाने मिडियामाथि शत्रुभावका साथ जाइलागे'
- कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति
- सिरोहिया गिरफ्तारीमा गृहको साथमा रास्वपा, भन्यो- प्रेस स्वतन्त्रता हनन भनेर अपव्याख्या गरियो
- फेसबुक पेजमा नेगेटिभ रिभ्यू बढेपछि मिडियाहरूले लुकाए रेटिङ