जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
धनुषा जिल्ला अदालतमका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट पक्राउ गरेको थियो । नागरिकता सम्बन्धी कसुरमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो ।
गत वैशाख १६ गते सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाहेरीमा सिरोहिया गैर नेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप लगाइएको छ ।
यदि तपाई कैलाश सिरोहियाको नागरिकता विवादका बारेमा अनविज्ञ हुनुहुन्छ भने मिडिया कुराकानीले तयार पारेको १० प्रसङ्ग पढ्न यहाँ क्लिक गर्नुहोस् ।