हिमाल मिडिया मेला वैशाख २१ मा, ५०० रुपैयाँ प्रवेश शुल्क

हिमाल मिडिया मेला वैशाख २१ मा, ५०० रुपैयाँ प्रवेश शुल्क

तस्बिर: २०७९ सालमा भएको हिमाल मिडिया मेला
  • बैशाख १२, २०८१ बुधबार २२:२२

‘हिमाल मिडिया मेला २०२४’ को तेस्रो संस्करण अर्को साता हुने भएको छ । हिमाल मिडिया प्रालिले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर वैशाख २१ गते मेला आयोजना गरेको हो । 

मेलामा माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नासिद जीसीएसकेले मुख्य मन्तव्य राख्नेछन् । पत्रकार, अभियन्ता र राजनीतिक व्यक्तित्व जीसीएसके सन् २००८ देखि २०१२ सम्म माल्दिभ्सको राष्ट्रपति थिए । त्यस्तै, मेलामा भारतको डाउन टु अर्थ म्यागेजिनका सम्पादक रिचर्ड महापात्रको विशेष प्रस्तुति रहनेछ । उनले ‘भारतमा प्रभावकारी पत्रकारिता’ विषयमा बोल्नेछन् ।

यसपटक पत्रकारिता जगतका जल्दाबल्दा विषयमा अन्तरसंवादसँगै मेलामा कार्यशालामा पनि हुने आयोजक समितिका अध्यक्ष कुन्द दीक्षितले बताए ।  यस वर्ष ‘प्रकृति पत्रकारिता’ लाई केन्द्रमा राखेर अन्तरसंवाद तथा कार्यशाला आयोजना गरिने छ । मेलामा सहभागी हुन फारम भर्नुपर्नेछ। मेलाका लागि ५०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।

हिमाल मिडियाले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा २०७९ सालदेखि मेला आयोजना गर्दै आएको छ । गत वर्ष हिमाल मिडिया मेलाको दोस्रो संस्करणमा भारतको द वायरका संस्थापक सम्पादक सिद्धार्थ बरदराजनले मुख्य मन्तव्य राखेका थिए । त्यसअघि २०७९ सालमा आयोजित प्रथम संस्करणमा भारतका चर्चित पत्रकार रवीश कुमारले मुख्य मन्तव्य राखेका थिए ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८