फोटो पत्रकारहरूको संस्था फोटो पत्रकार क्लब (पिजे क्लब), नेपालको अध्यक्षमा द्वारिका काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।
पिजे क्लब, नेपालको २०८० चैत २५ गते सम्पन्न १३ औं साधारणसभाले आगामी दुई वर्षका लागि काफ्लेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । काफ्ले राजधानी दैनिकका फोटो पत्रकार हुन् ।
पिजे क्लबको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँ पत्रिका दैनिकका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कविन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन् ।
निर्वाचित पदाधिकारीहरूलाई आइतबार एक समारोहबीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिवक्ता निरजंन राजवंशी, संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीलगायतले बधाई तथा शुभकामना दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा क्लबका पूर्वअध्यक्ष प्रकाश माथेमा, वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ पनि उपस्थित थिए ।