कान्तिपुरसहित ६ मिडियाविरुद्ध निकिता पौडेलको उजुरी, चरित्रहत्या गरेको दाबी

कान्तिपुरसहित ६ मिडियाविरुद्ध निकिता पौडेलको उजुरी, चरित्रहत्या गरेको दाबी

  • चैत्र २४, २०८० शनिबार ०१:१४

उप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुरसहित ६ मिडियाविरुद्द मुद्धा दायर गरेकी छन् । आफूबारे झुटा दाबीसहितका समाचार बनाएर चरित्रहत्या गरेको भन्दै पौडेलले काठमाडौं जिल्ला अदालतमा कान्तिपुर सहित ६ मिडियाका अध्यक्ष, प्रकाशक, सम्पादक र सम्वाददाता विरुद्ध मुद्दा दायर गरेकी हुन् । 

३ वर्ष कैद, ३० हजार जरिवाना र जनही ५ करोड जरिवाना माग गर्दै पौडेलले नागरिक दैनिक, कान्तिपुर दैनिक, अनलइनखबर, उकेरा, अर्थ सरकोकारजनआस्था मिडियाका अध्यक्ष, प्रकाशक, सम्पादक र संवाददातालाई विपक्षी बनाएकी छन् । उनले २९ जना विरुद्ध मुद्दा दायर गरेकी हुन् । त्यस्तै उनले  प्रेस काउन्सिल नेपालमा पनि उजुरी गरेकी छन् ।

nikita.jpg

फोटो: निकिता पौडेलको फेसबुकबाट

चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट 'हिलो छ्याप्ने' काम भएको उनले बताएकी छन् । आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको पौडेलको गुनासो छ ।

"एउटी नारीमाथि सबैले मिलेर देखाएको यो 'पुरुषार्थलाई' मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ," उनले भनेकी छन् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८