उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार श्रीधर पौडेललाई

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार श्रीधर पौडेललाई

  • फाल्गुण ५, २०८० शनिबार २१:३०

शिक्षा पत्रकार समूहले तीर्थराज भुसालको स्मृतिमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार श्रीधर पौडेललाई प्रदान गरेको छ । 

नेपालको सार्वजनिक शिक्षा सुधारका लागि विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको ठहर गर्दै  एडुखबर डटकमका सम्पादक पौडेललाई पुरस्कृत गरिएको हो ।  

समूहको रजत वर्षका अवसरमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पौडेललाई नगद ३५ हजार र प्रमाणपत्र प्रदान गरे ।

समूहले सिर्जनशील शिक्षक सम्मान राष्ट्रिय आधारभूत विद्यालय माडी नगरपालिका ३ रतनीकी मिल्सना महतोलाई प्रदान गरिएको छ ।

उत्कृष्ट  प्रधानाध्यापक सम्मान इलामको सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रचना देवानलाई प्रदान गरेको छ । ०७७ मंसिरमा ८ जना विद्यार्थी रहेको यो विद्यालयमा अर्को विद्यालयमा गाभ्ने अवस्थामा पुगेकोमा अहिले पर्याप्त विद्यार्थी भएको,धुलोरहित कक्षाकोठा बनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । 

उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा काठमाडौँको गागलफेदी स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापालाई प्रदान गरेको छ । 

समूहले उत्कृष्ट स्थानीय तह सम्मान बर्दियाको ठाकुरबाबा नगरपालिकालाई प्रदान गरेको छ । नगरपालिकाले निःशुल्क शिक्षाको अभ्यास गरेको, तहगत र विषयगत शिक्षकको दरबन्दी मिलान, ५ वर्ष समयावधि पुगेका  शिक्षकलाई अर्को विद्यालयमा सरुवा, नगरपालिकाको कुल बजेटको ३४.२ प्रतिशत बजेट छुटाएर उदाहरणीय कार्य गरेकोले उत्कृष्ट नगरपालिकाको सम्मान गरिएको समूहका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८