३ हजार बढी कार्टुन बनाएका रवि मिश्र, गर्दैछन् एकल प्रदर्शनी

३ हजार बढी कार्टुन बनाएका रवि मिश्र, गर्दैछन् एकल प्रदर्शनी

  • माघ ३, २०८० बुधबार २२:५५

कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी हुने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा बिहीबारदेखि ‘डिपिक्सन’ शीर्षकमा १० दिने एकल प्रदर्शनी हुन लागेको हो ।  

१७ वर्षदेखि कार्टुन विधामा काम गरेका मिश्रका विभिन्न अखबार तथा म्यागजिनहरूमा करिब ३ हजार कार्टुन प्रकाशित छन् । एकल प्रदर्शनी भने मिश्रको पहिलो हो । 

हाल उनी नयाँ पत्रिका दैनिकमा कार्यरत छन् । पत्रपत्रिकामा प्रकाशित भएका कार्टुनमध्ये छानिएका केही कार्टुन प्रदर्शनीमा राख्न लागेको उनले बताए । 

"प्रदर्शनीलाई मैले 'डिपिक्सन’ नाम दिएको छु", मिश्रले भने, "डिपिक्सन मैले देखेको नेपाली समाजको चित्र हो,जहाँ समाजमा हुने बेथिति विसंगति र कुशासनलाई व्यङ्ग्यात्मक रुपमा चित्रण गरिएको छ ।"

कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यकता परेको उनले बताए । "पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दै छु”, उनले भने, “कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ।"

बिहीबारदेखि सुरु हुने प्रदर्शनी माघ १३ गतेसम्म जारी रहने छ ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८