नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (Nepal Investigative Multimedia Journalism Network-NIMJN) ले कपी एडिटरको लागि आवेदन आह्वान गरेको छ ।
खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तरोन्नतिमा क्रियाशील गैरनाफामूलक संस्था NIMJN ले अंग्रेजीतर्फ दुईजना र नेपालीतर्फ दुईजना गरी ४ जना कपी एडिटर मागेको हो ।
NIMJN का अनुसार यसका लागि खोजी मल्टिमिडिया स्टोरी उत्पादन, प्रुफरिडिङ सम्बन्धी ज्ञानका साथै अनुभव हुनुपर्ने छ । यी पदका लागि कपी एडिटिङमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्नेछ ।
समान अवसर प्रदान गर्ने संस्था भएकोले महिला र अल्पसंख्यकलाई आवेदन दिन प्रोत्साहन गरिने NIMJN ले जनाएको छ । यी सबै पदहरूका लागि २०८० माघ ०६ गतेभित्र आवेदन दिन सकिन्छ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।