युवा पत्रकारिता पुरस्कारका लागि आवेदन खुला

युवा पत्रकारिता पुरस्कारका लागि आवेदन खुला

  • पौष २३, २०८० सोमबार २१:४२

युवा तथा खेलखुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारको लागि आवेदन खोलेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै ३० दिन भित्र आवेदन दिन भनेको छ।

पत्रकारिताको माध्यमबाट नेपालको युवा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका नेपाली पत्रकारहरूलाई आर्थिक वर्ष २०८०/८१ मा प्रदान गरिने पुरस्कारको लागि 'युवा पत्रकारिता पुरस्कार कार्यविधि, (पहिलो संशोधन) २०७५ को अनुसुचि १ बमोजिमको फारम भर्न भनिएको छ ।

फारम अनुसारको विवरणलाई पुष्टि गर्ने कागजातहरू समेत संलग्न गरी पत्रकार आबद्ध संस्था वा दुई जना वरिष्ठ पत्रकारहरूद्वारा सिफारिस गरी मन्त्रालयमा दर्ता गराउन वा मन्त्रालयको इमेल [email protected] मा पठाउन भनिएको छ । 

छापा (दैनिक, साप्ताहिक, पाक्षिक, मासिक र अन्य पत्रपत्रिका), रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा कार्यरत युवा पत्रकारले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् । 

छनोटका आधार  

युवा पत्रकारिता पुरस्कारको लागि छनोटका न्यूनतम आधारहरु –

(क) युवाका सवाल, युवाका अधिकार, कर्तव्य, उद्यमशीलता, स्वरोजगार, स्वयंसेवा, सहभागिता, सकारात्मक सोच प्रवाह लगायतका क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको,
(ख) युवा पत्रकारिता क्षेत्रमा कम्तिमा तीन वर्ष निरन्तर क्रियाशील रहेको
(ग) प्रेस काउन्सिल नेपाल तथा नेपाल पत्रकार महासंघबाट कुनै कारबाहीमा नपरेको,
(घ) कुनै फौजदारी अभियोगमा दोषी नठहरिएको,
(ङ) सरकारी पेश्की तथा बेरुजु नरहेको ।

पुरस्कारको लागि मूल्याङ्कनको आधारः

क्र.सं. मूल्याङ्कनको आधार पूर्णाङ्क
(क) युवा जागरण, श्रमको सम्मान र सकारात्मक सोच प्रवर्द्धन तथा सामाजिक विकृति, विसङ्गति, विभेद न्यूनीकरण, सामाजिक सद्भाव र शान्ति निर्माणका सवालमा पत्रकारिताको माध्यमबाट सहयोग पुर्याएको १६
(ख) युवा विकासका सवालमा उपलब्ध अवसर र सम्भावना उजागर गरेको १६
(ग) युवा उद्यमशीलता विकास, रोजगारी/स्वरोजगारीका सवालमा पत्रकारिता मार्फत योगदान पुयाएको १६
(घ) पत्रकारिताको माध्यमबाट विशेष प्राथमिकताका समूहका युवाको विकासमा क्रियाशील रहेको

१६
(ङ) युवा पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील रहेको २०
(च) दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट युवा विकासको क्षेत्रमा क्रियाशील रहेको १६
  जम्मा १००

आवेदन परेकाहरू मध्येबाट उत्कृष्ट युवा पत्रकारहरूको नाम सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा ६ सदस्य सिफारिस समिति निर्धारण गर्ने व्यवस्था कार्यविधिमा छ ।

समितिले मूल्यांकन तालिकाको आधारमा अधिकतम अंक प्राप्त गर्ने कम्तिमा एकजना महिलासहित चारजना उत्कृष्ट पत्रकारहरुलाई पुरस्कार प्रदान गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने जनाइएको छ ।

युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेले सम्मान पत्र सहित जनही ५० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८