सञ्जालप्रति सरकारको कुनियत: नियमनको बहाना, सेन्सरको चाहना

सञ्जालप्रति सरकारको कुनियत: नियमनको बहाना, सेन्सरको चाहना

Photo : unsplash.com/@dole777
  • माघ २८, २०७७ बुधबार ००:४४

अनलाइन र  सामाजिक सञ्जालमार्फत लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार भएको भन्दै सरकार थन्किएको विधेयकका निरङ्कुश प्रावधान राखेर ‘सामाजिक सञ्जाल नियन्त्रण सम्बन्धी निर्देशिका २०७७’ ल्याउने तयारीमा लागेको छ।

संसद् विघटनसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सरकारको कामको आलोचना बढिरहेको छ। सरकारले गर्ने एकपछि अर्को निर्णय विवादित देखिन्छन्।

सत्ताधारी दल नेकपाकै एक समूह प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदम प्रतिगमनभन्दै आन्दोलनमा छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस समेत विपक्षमा उभिएको छ।

नागरिक समाज लोकतन्त्र खोस्ने प्रयास भइरहेको भन्दै सडक सङ्घर्षमा उत्रिएको बेला नागरिक समाजको आवाजको रूपमा अगाडि बढेको सामाजिक सञ्जाल र कानुन अनुसार सञ्चालित अनलाइन सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकार ‘अनलाइन र सञ्जालमा छाडा प्रवृत्ति देखिएको’ भन्दै निर्देशिका निर्माणमा सक्रिय भएको हो ।

सरकारले यस अगाडि नै सामाजिक सञ्जाल नियन्त्रणको उद्देश्यले विधेयक नै बनाएको थियो। तर सो विधेयक बिचैमा रोकियो। संसद् विघटन भएको मौका छोपेर विधेयकमा राख्ने प्रयास भएको अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अनुदार प्रावधान राखेर निर्देशिका ल्याउने तयारीमा जुटेको सरकारी प्रवक्ताको सार्वजनिक अभिव्यक्तिबाटै देखियो। पढ्नुस् केपी ढुङ्गानाको रिपोर्ट उकेरामा । 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८